अदालतको फैसलाविरुद्ध पुनरावेदन गर्दै एम्बर
लसएञ्जल्स–हलिउड अभिनेता जोनी डेपकोविरुद्ध मानहानी मुद्धामा एम्बर हर्डले पुनरावेदन गर्ने भएकी छन् । उनका वकिल एलेन ब्रेडहोफ्टले अदालतको फैसलाबारे आफ्नो धारणा राख्दै एम्बरले अदालतको फैसलाविरुद्ध अपिल गर्ने चाहना राखेको खुलाएकी छन् ।
वकिल एलेनले अपिलका लागि एम्बरसँग केही उत्कृष्ट आधार रहेको दाबी गरेकी छन् । ‘यो अदालतमा कैयौं कुराको अनुमति दिइएको थियो, जुन विषयलाई यसअघि कहीँ पनि अनुमति दिइएको थिएन । जसकारण जुरी भ्रमित हुन पुगे । मलाई उनलाई यूकेको फैसलाको बारेमा कुरा गर्न अनुमति थिएन’, एलेनले भनेकी छन् ।
सन् २०१८ मा एम्बरले जोनीविरुद्ध द वासिङटनमा एक लेख छपाएर आफूमाथि जोनीले घरेलु हिंसा गर्ने गरेको आरोप लगाएकी थिइन् । यो लेख छापिएपछि जोनीले हर्डविरुद्ध मानहानीको मुद्धा दायर गरेकी थिइन् ।
यो मुद्धाका विषयमा करिब ६ हप्तासम्म सुनुवाई चल्यो । आफूमाथि जोनीले घरेलु हिंसा, कुटपिट, यौन हिंसागर्ने लगायतका आरोपसहित उजुरी दिएकी थिइन् । जोनीले पनि एम्बरमाथि घरायसी हिंसाको आरोप लगाएका थिए ।
अदालतले बिहीबार जोनीको पक्षमा फैसला सुनाउदै एम्बरलाई डेपलाई मुआब्जाका रुपमा १४ मिलियन डलर पैसा बुझाउन आदेश दिएको थियो ।
–आइएएनएस
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०७:१६
प्रतिक्रिया दिनुहोस्