लण्डन टु पेरिसमा साम्राज्ञीको जोडी निश्चल
काठमाडौं– ‘धौली’ र ‘पञ्चे बाजा’ फेम्ड निर्देशक घनश्याम लामिछानेको नयाँ फिल्म ‘लण्डन टु पेरिस’मा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहसँग नवअभिनेता निश्चल खड्काले रोमान्स गर्ने भएका छन् ।
यसअघि यो फिल्मका लागि गरिमा शर्मा र कवीर खड्का अनुबन्धित भइसकेका छन् ।
फिल्ममा कवीर र गरिमाको रोमान्स रहनेछ । रोमान्टिक कमेडी फ्लेभरको फिल्मको छायांकन असारदेखि बेलायत र फ्रान्समा हुने निर्देशक लामिछानेले जानकारी दिए ।
फिल्मको यतिबेला कान्तिपुर फिल्म एकेडेमीमा कार्यशाला भइरहेको छ । फिल्ममा प्रदीप भारद्वाजको पटकथा रहनेछ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ०८:२२
प्रतिक्रिया दिनुहोस्