वैशाखबाट कात्तिक पुग्यो फ्लाएर्स फिल्म अवार्ड
काठमाडौं–वैशाख २४ गतेलाई निर्धारण गरिएको ‘फस्र्ट फ्लाएर्स फिल्म अवार्ड–०७९ अब कात्तिक ५ गते विराटनगरमा आयोजना हुने भएको छ । ओजश फिल्मस् एण्ड इन्टरटेन्मेन्टले साइमन फिल्मस् मुम्बईको डिजाइनमा गर्न लागेको अवार्डमा २०७६, २०७७ र २०७८ चैत्र भित्र प्रदर्शन भएका नेपाली फिल्महरु सहभागी हुन पाउनेछन् ।
आयोजक संस्थाका अध्यक्ष साइमन राजवंशीले २३ विधा रहेको अवार्डमा उत्कृष्ट अभिनेता, उत्कृष्ट अभिनेत्री, उत्कृष्ट निर्देशक, उत्कृष्ट फिल्म, उत्कृष्ट संगीतकार, उत्कृष्ट पाश्र्व गायक, उत्कृष्ट पाश्र्व गायिका, उत्कृष्ट कथा, पटकथालगायत लाइफ टाइम अचिभमेन्ट अवार्ड, पब्लिक च्वाइस अभिनेता, अभिनेत्री, जुरीलगायत प्रमुख विधा छन् ।
अवार्ड कार्यक्रमको प्रमुखमा मुकेश बुढाथोकी, उपप्रमुखमा रविन थापा, सल्लाहकारमा अनिशसिंह ठकुरी, प्रबन्ध निर्देशकमा चन्द्रप्रकाश राजवंशी (सिपी), एक्टिभिटिज डाइरेक्टर हरि शिवाकोटी, कार्यक्रम संयोजकमा अशिमा धुतराज, सञ्जु सापकोटा र रविना राजवंशी, व्यवस्थापनमा विमल धमला र कलाकार संयोजनमा आइपी आचार्य छन् ।
अवार्डमा प्रदेश नम्बर १ का प्रमुख सबै जातजातिको मौलिक संस्कृति, भेषभुषा, संस्कार तथा पहिचान झल्काउने विभिन्न गीत तथा नृत्य २ सय बढी कलाकारद्वारा प्रस्तुत गरिने आयोजक संस्थाले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ०८:५२
प्रतिक्रिया दिनुहोस्