बेरोजगार भइन् बजरंगी भाइजानकी मुन्नी
मुम्बई–सन् २०१५ मा अभिनेता सलमान खानको फिल्म ‘बजरंगी भाइजान’ मा ‘मुन्नी’ भूमिकामार्फत अभिनयमा उदाएकी हर्षाली मल्होत्रा यो समय गुमनाम झैं छिन् । यो फिल्ममा उनले चरित्र निभाइनन् मात्र त्यो चरित्रलाई जीवन्त नै बनाइन् ।
हर्षाली अहिले उमेर र उचाइले ठूलो भइसकेकी छन् । हालैमात्र उनले आफ्नो १४ औं जन्मोत्सव मनाइन् । फिल्मबाट चर्चा पाएकी हर्षाली अहिले ग्ल्यामर दुनियाँबाट अलग छिन् । धेरैको अनुमान ‘बजरंगी भाइजान’को सफलताले उनले अन्य फिल्म र टेलिभिजन शोमा स्थान पाउनेछिन् भन्ने थियो । तर वास्तविकतामा त्यो देखिएन ।
‘मलाई अहिलेसम्म धेरै फिल्म, टेलिभिजन र ओटीटी शोजबाट कामको प्रस्ताव नआएको होइन । तर मैले राम्रो कथा पाउन नै सकेको छैन । राम्रो कथा हातमा पर्यो भने म अभिनयमा आइहाल्छु’, उनले भनेकी छन् ।
फिल्म ‘बजरंगी भाइजान’को ‘मुन्नी’ चरित्रका लागि करिब तीन हजार युवतीले अडिसन दिएका थिए । तर तीमध्ये सलमान र फिल्म युनिटको रोजाईमा हर्षाली परिन् ।
–आजतक
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०६:१३
प्रतिक्रिया दिनुहोस्