निर्वाचन आयोगद्वारा स्थानीय तहका जनप्रतिनिधिहरुलाई कार्य क्षेत्र नछाड्न आग्रह
काठमाडौं - निर्वाचन आयोगले स्थानीय तहका जनप्रतिनिधिहरुलाई कार्य क्षेत्र नछाड्न आग्रह गरेको छ । शुक्रबार आयोगले एक विज्ञप्ति जारी गर्दै जिल्ला समन्वय समितिको चुनाव नसकिएसम्म आफू रहेको क्षेत्र नछोड्न भनेको हो ।
आयोगका सहायक प्रवक्ता सूर्य प्रसाद अर्यालले निर्वाचन कार्यक्रम सुरु भइसकेपछि कानुनमा उल्लेखित समयावधिभित्र सम्पन्न गरिसक्नु पर्ने भएकोले कार्यक्षेत्र नछाड्न भनेका छन् ।
निर्वाचन प्रक्रिया सुरु भइसकेपछी बीचमा रोक्न नमिल्ने भएकोले निर्वाचन प्रभावित गर्ने गरी स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई लक्षित गरेर कुनै पनि प्रकारका प्रशिक्षण, गोष्ठी, सेमिनारलगायतका कार्यक्रम आयोजना नगर्नरनगराउन पनि राजनीतिक दल लगायतलाई आग्रह गरेको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०५:०५
प्रतिक्रिया दिनुहोस्