सपनामा कालो बिरालो, कालो छाँया वा घर माथि काग बसेको देखे के हुन्छ ?
राति सपना देख्नु सामान्य कुरा हो । लगभग सबै जनाले रातमा कुनै न कुनै सपना देख्ने गर्दछन् । तर कतिपय भने सपनामा केहि डरलाग्दा चीज देख्छन् । आखिर यस्ता डरलाग्दा सपनाको अर्थ के हुन्छ ? यस्ता डरलाग्दा सपना देख्नु शुभ हुन्छ कि अशुभ ?
– सपनामा कालो बिरालो देख्नु यदि सपनामा कालो बिरालो देदियो भने यसलाई अशुभ मानिन्छ । कालो बिरालो दुर्भाग्यसंग जोडिएको हुन्छ । साथै निकट भविष्यमा नै कुनै खराब घटना हुने सुचक मानिन्छ ।
– सुत्दा अञ्जान कालो छाँया देख्नु सुतेका बेला कहिलेकाँहि सपनामा कालो छाँया देखिन सक्छ । यसलाई अशुभ मानिन्छ । स्वप्न शास्त्रका अनुसार सपनामा कालो छाया देख्नुको अर्थ अंधकार, मृत्यु, शोक, अस्वीकृति, घृणा वा द्वेषको संकेत मानिन्छ । यसले जीवनमा चाँडै संकट आउने संकेत गर्दछ ।
– आफैँलाई यात्रा गरेको देख्नु कैयौं पटक हामी सपनामा यात्राको तयारी गरीरहेको देख्ने गर्दछौ । तर यस्तो सपना पनि शुभ मानिँदैन । यसको अर्थ नकारात्मक हुन्छ । यदि यस्तो सपना देखेमा तय भएको तत्कालको आफ्नो यात्रा पनि रद्द गर्नुपर्ने मान्यता छ ।
– घर माथि काग बसेको देख्नु यदि सपनामा काग देखियो भने यसलाई अशुभ मानिन्छ । खासमा मानिसको मृत्युपछि श्राद्ध वा तिथिमा कागलाई भोजन गराउने प्रचलन छ । यस्तोमा सपनामा घर माथि काग उडेको देखेमा यसलाई अशुभ घटनाको संकेत मानिन्छ ।
– सपनामा सर्प घस्रेको देख्नु स्वप्नशास्त्र अनुसार सपनामा सर्प देख्नु निकट भविष्यमा आउने समस्या वा कुनै रुकावटको संकेत मानिन्छ । यसले चाँडै कुनै समस्याले सताउने संकेत गर्दछ ।