रूसबाट तेल आयात र गहुँ निर्यातमा प्रतिबन्धबारे भारतद्वारा प्रतिरक्षा
काठमाडौँ– युरोपको राजनीतिक आँखाबाट हेर्दा रूसबाट कच्चा तेल आयात गर्नु हुँदैन भन्नु स्वभाविक भएपनि भारतका लागि यो सम्भव नभएको विदेशमन्त्री एस जयशंकरले बताएका छन् ।
ग्लोबसेक–२०२२ ब्राटिस्लाभा फोरममा बोल्दै विदेश मन्त्री एस जयशंकरले भने, “हामी मानिसहरूलाई रुसी तेल किन्न पठाउँदैनौं, उनीहरूले बजारबाट उत्कृष्ट तेल खोजी गर्दा रूसी उत्पादनले पनि स्थान पाउने गरेको हो ।”
जयशंकरले रूसबाट युरोपले निरन्तर ग्याँस खरिद गरेको भन्दै भारतले तेल आयात गर्नु कुनै ठूलो भूल नभएको बताए ।
उनले एक प्रश्नको जवाफमा भने, “रुसी ग्यास खरिद गर्नु भनेको युद्धलाई आर्थिक सहयोग गर्नु होइन, किनकि यो भारतबाट आउने भारतीय पैसा र फन्ड मात्र होइन । यूरोप आउने ग्यास पनि रोकिएको त छैन नि ।”
भारतीय विदेशमन्त्रीले भने, “कच्चा तेलको आयात बढ्नुमा विश्व बजारमा देखिएको तेल अभाव र यसको प्रभाव भएको उनको भनाइ रहेको छ ।
जयशंकरले भने, “तेलबजारमा तेलको अत्यधिक अभाव छ र तेलमा सबैको पहुँच कठिन छ, भारतजस्तो देशले अरुबाट तेल लिएर नियमितबाहेकका अरु कुनै मुलुकलाई तेल बेचेमा प्रश्न सान्दर्भिक ठहरिने छ तर यसो गरिएको छैन ।”
यूरोपको समस्या विश्वको समस्या हो तर विश्वका समस्या यूरोपको समस्या होइनन् भन्ने मानसिकताबाट यूरोप पछि हट्नुपर्नेमा उनले जोड दिए ।
मन्त्रीले गहुँ निर्यातमा कटौती गर्न हालै गरिएको कदमको बचाव र औचित्य पुष्टि गर्दै भारतीय गहुँ भण्डारण गरिएको र यो अनुमानित व्यापारका लागि प्रयोग गरिएको उनले बताए ।
'धेरैजसो हाम्रा छिमेकी बङ्गलादेश, श्रीलङ्का जस्ता कम आय भएका देशहरू र खाडीमुलुक जस्ता परम्परागत क्रेताहरू हुन् । उनीहरूले हामीबाट नियमित रूपमा किनमेल गर्छन् । यमन र सुडानले हामीबाट किन्छ । हामीले देखेको कुरा के भने कम आय भएका क्रेताहरूलाई अभावमा पारिएको छ । भारतले वास्तवमा गहुँ किनबेचको लागि भण्डारण गरिरहेको हो । हाम्रो सद्भावका आधारमा उनीहरूले समस्या महशुस गर्ने छैनन् ।' उनले भने ।
गहुँ निर्यात रोक्नुको कारण घरेलु मूल्य नियन्त्रणका लागि पनि भएको उनले बताए । 'हामी अनावश्यक व्यक्ति वा फर्मलाई भारतीय बजारमा खुला पहुँच दिने छैनौं । हामी अझै पनि यो गर्न खुला छौं जहाँ हामीले आपूर्ति गरेको गहुँ चाहने योग्य देश देख्छौं, हामीले २३ देशहरूमा गहुँ निर्यात गरेका छौं ।' उनले भने, 'यस वर्ष निर्यातको दर, गत वर्षको जस्तै अवधिसम्म हेर्नुहोस् । सन्तुलित नै रहनेछ ।'
-एजेन्सी