Nic Ad Nic Ad
Nic Ad Nic Ad

उतारचढावपूर्ण एञ्जेलिना जोलीको जीवन

बिहीबार, मंसिर ८, २०७९
लसएञ्जल्स—हलिउडसँगै विश्वकै सुन्दरी महिलाको नाम लिँदा एञ्जेलिना जोली छुट्दिनन् । उनले आफ्नो करियरको सुरुवात गरेकी थिइन् । उनी शनिबार ४७ औं जन्मदिन मनाइरहेकी छन् । उनी लामो समयसम्म डिप्रेसनको शिकार भइन्, जसकारण उनले दुईपटक आत्महत्या प्रयास समेत गरेकी थिइन् । फिल्मी परिवारमा जन्म एञ्जेलिनाको जन्म ४ जून १९७५ मा क्यालिफोर्नियाको एक फिल्मी परिवारमा भएको थियो । उनका पिता लोकप्रिय अभिनेता जोन वागेट, आमा अभिनेत्री मार्शलीन बट्र्रेड र भाइ अभिनेता जेम्स हेवन हुन् । उनको काकाकाकी पनि फिल्ममा सक्रिय थिए । आपसी मतभेदका कारण आमाबाबु सन् १९७५ मा अलग्गिए । यसपछि उनको हेरविचारको जिम्मेवारी आमाले लिइन् । ७ वर्षको उमेरमा फिल्म बाल्यकालमा उनलाई फिल्म मनपर्दैन थियो । न त उनले अभिनयलाई करियर नै बनाउने सोचेकी थिइन् । पिताको फिल्मी सफल करियरलाई नजिकबाट नियालेकी एञ्जेलिना एकदिन आमासँग फिल्म हेर्न थिएटर पुगेपछि उनलाई अभिनयमा रुची जाग्न थाल्यो । उनले ७ वर्षको उमेरमा पिताका साथ फिल्म ‘लुकिङ टू गेट आउट’मा पहिलोपटक अभिनय गरिन् । यो फिल्ममा उनको एउटा सानो भूमिका थियो । उनले ली स्ट्रासबर्ग हाईस्कुलमा अभिनयको शिक्षा लिइन् । यही समयमा उनले कैयौं नाटकमा अभिनय पनि गरिन् । पातली जोली एञ्जेलिना आफ्नो स्कुलका जीवनमा निकै दुब्ली थिइन् । उनी हरेक समय चश्मा लगाउँथिइन् भने दाँत पनि ब्रेसेस गरिएको थियो । यही कारण उनको स्कुलका साथीहरु उनलाई खुबै जिस्क्याउँथे । जोलीले त्यस समयमा आत्मविश्वास गुमाइसकेकी थिइन् । तर उनको आमाले छोरीको गुमेको आत्मविश्वासलाई फर्काउन उनलाई मोडलिङको सुझाव दिइन् । तर उनको मोडलिङ करियर पनि राम्रोसँग चल्न सकेन । साथीहरुले लगातार जिस्क्याउन थालेपछि उनले स्कुल छोडिन् र अर्को स्कुलमा भर्ना भइन् । उनले यो समयमा अभिनयको सपनालाई छोडेर निर्देशनतिर जाने सोच बनाइन् । स्कुले जीवनमा उनी प्रेमीसँग लिभ—इन रिलेसनमा बसेर घरबाटै पढ्न थालिन् । यही क्रममा उनले थिएटरमा नाटकमा अभिनयको काम पनि जारी राखिन् । निन्द्राको अभाव र असन्तुलित खानाबाट पीडित एञ्जेलिनाको हाइस्कुलको पढाई पुरा हुने समयसम्म प्रेमीसँग ब्रेकअप भइसकेको थियो । जसकारण उनले सेपरेट घर भाँडामा लिइन् । ब्रेकअपपछि उनी निन्द्रा नआउने समस्या र असन्तुलित खानाका कारण पीडित बनिन् । जसकारण उनलाई कैयौं पटक स्वास्थ्य समस्या देखियो । ब्रेकअपपछि उनले एक्लोपनको अनुभव गर्न थालिन् । दुईपटक आत्महत्या प्रयास एञ्जेलिना डिप्रेसनको शिकार भइन् । जसकारण उनले लागुऔषध सेवन सुरु गरिन् । उनले १९ वर्ष र २२ वर्षको उमेरमा आत्महत्याको प्रयास पनि गरेकी थिइन् । स्नायुमा समस्या आएपछि उनलाई तीन दिनसम्म अस्पतालमा राखिएको थियो । अस्पतालबाट फर्किए पनि उनी डिप्रेसनबाट मुक्त भइनन् । यसपछि उनले एक सन्तान धर्मपुत्रका रुपमा लिइन् । बच्चाको स्याहारसुसारमा लागेपछि उनले डिप्रेसन बिर्सदै गइन् । यस्तो अभिनय करियर जोलीले थिएटरमा त काम गरिन्, तर उनलाई फिल्ममा करियर बनाउने चाहना थियो । यस्तोमा उनी जहाँ पनि अभिनेत्रीका लागि अडिसन दिन जान्थिइन्, सबै ठाउँमा उनको व्यवहार ठिक नभएको भन्दै अस्वीकार गरिन्थ्यो । त्यही समयमा उनको भाईको विद्यार्थीद्वारा तयार पारिएको एक गीत ‘स्टेण्ड वाइ माइ वुमन’मा अभिनय गरिन् र आफ्नो व्यवहारलाई सुधार्न सुरु गरिन् । उनले प्रमुख अभिनेत्रीको रुपमा फिल्म ‘डायरेक्ट टू भिडियो’बाट करियर सुरु गरिन् । रोबोटको भूमिकामा अभिनय गरे पनि त्यो फिल्मले खासै कमाल देखाउन सकेन । त्यसपछि एक वर्षसम्म उनले कुनै फिल्म पाइनन् । एकवर्षपछि ‘विदाउट एविडेन्स’ फिल्ममा सहायक भूमिकामा अभिनय गरे पनि फिल्म फ्लप भयो । ‘जिया’ले दियो सफलता उनले सन् १९९८ मा टेलिभिजन सिरिज ‘जिया’मा काम गरिन् । यो सिरिजमा पहिलो सुपरमोडल जिया कारंगीको कथा देखाइएको थियो । जुन भूमिका उनले नै निभाएकी थिइन् । यो सिरिज निकै सफल भयो र जोलीले सफलताको स्वाद चाखिन । यो सिरिजबाट उनले गोल्डन ग्लोब अवार्ड र स्क्रीन एक्टर्स गिल्ड अवार्ड नै जितिन् । विवादमा वैवाहिक सम्बन्ध जोलीको पहिलो विवाह सन् १९९६ मार्च २८ मा जोनी ली मिलरसँग भयो । उनीहरुको यो विवाह निकै चर्चित बन्यो । विवाहमा जोलीले कालो सेतो सट लगाएकी थिइन्, जहाँ रगतले उनले जोनीको नाम लेखेकी थिइन् । तर उनीहरुको सम्बन्ध धेरै लामो समयसम्म चलेन । सन् १९९९ मा उनीहरु अलग्गिए । यसपिछ जोली अभिनेता बिली बब थर्नटनसँग नजिकिइन् । उनीहरुले सन् २००० मा विवाह गरे । उनीहरु पनि सन् २००३ मा अलग्गिए । फिल्म ‘मिस्टर एण्ड मिसेस स्मिथ’को सुटिङको समयमा अभिनेता ब्राड पिटसँग जोली नजिकिइन् । १२ वर्षसम्मको अफेयरपछि उनीहरुले सन् २०१४ मा विवाह गरे । उनीहरुको तीन सन्तान भए । उनीहरु २०१९ मा अलग्गिए । जोलीका तीन धर्मसन्तान छन् । हटाइन् स्तन जोलीको स्तनमा क्यान्सरको जीन पाइएको थियो । जसकारण उनलाई ८७ प्रतिशत स्तन क्यान्सर र ५० प्रतिशत गर्भाशयको क्यान्सरको खतरा थियो । उनकी आमा र काकीको मृत्यु पनि क्यान्सरको कारण भएको थियो । त्यहीकारण उनले क्यान्सरको डरका कारण सन् २०१३ मा स्तन हटाइन् । —दैनिक भास्करबाट
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०९:१७
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार