श्रीलङ्काले अप्रयुक्त जमिन खेतीका लागि प्रयोग गर्ने
काठमाडौँ– श्रीलङ्काका राष्ट्रपति गोटाबाया राजापाक्षेले सरकारी अधिकारीहरूलाई वृक्षरोपण कम्पनीहरूको स्वामित्वमा रहेका सबै अप्रयुक्त भूमिहरू पहिचान गरी खेतीका लागि प्रयोग गर्न निर्देशन दिएको राष्ट्रपतिको मिडिया डिभिजन (पीएमडी) ले जनाएको छ ।
श्रीलङ्काले आगामी महिना खाद्यान्न अभावको सामना गर्नुपर्ने चेतावनी सार्वजनिक भएपछि राष्ट्रपतिले यो निर्णय लिएको बताइएको छ ।
"वृक्षरोपण कम्पनीहरूसँग ९, ००० हेक्टर भन्दा बढी खेती नगरिएको जमिनको स्वामित्व छ।
श्रीलङ्काले अप्रिल २०२१ मा रासायनिक मलको प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय गरेपछि कृषि उत्पादनमा तीव्र गिरावट आएको हो ।
रासायनिक मलमाथिको प्रतिबन्ध फुकुवा भएको र आगामी कृषि यामका लागि पर्याप्त मात्रामा मल खरिद गर्न विभिन्न देशसँग छलफल भइरहेको मन्त्रिपरिषद्ले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०१:५८
प्रतिक्रिया दिनुहोस्