बंगलादेशको एक डिपोमा विस्फोट हुँदा १६ जनाको मृत्यु, सय बढी घाइते
काठमाडौँ– बंगलादेशको दक्षिण पूर्वी सीताकुण्ड शहरको एक डिपोमा विस्फोट हुँदा १६ जनाको मृत्यु भएको छ । उक्त घटनामा एक सयभन्दा बढी मानिस घाइते भएको स्थानीय अधिकारीलाई उद्धृत गर्दे बीबीसीले जनाएको छ ।
उक्त शहरको एक कन्टेनर भण्डारणमा आगलागी भएपछि अग्नि नियन्त्रक टिमलाई बोलाएलगत्तै विष्फोट भएको हो ।
घाइतेहरुको उपचार भइरहेको एक अस्पतालका चिकित्सकले समाचार संस्था एएफपीलाई बताएअनुसार घाइतेमध्ये २० जनाको अवस्था अत्यन्तै गम्भीर रहेको छ । उनीहरुको शरीरको भाग ६० देखि ९० प्रतिशतसम्म जलेको छ ।
विस्फोट अघिको आगलागीको कारण खुल्न नसकेको अधिकारीहरुले बताएका छन् । यद्यपि, डिपोमा रहेका केही कन्टेनरमा रासायनिक पदार्थ भण्डारण गरिएको हुन सक्ने स्थानीय संचारमाध्यमले जनाएका छन् ।
स्थानीय सञ्चारमाध्यमका अनुसार विस्फोटमा घाइते हुनेहरुमा डिपोका कर्मचारी, आगो नियन्त्रणका लागि पुगेका अग्नि नियन्त्रक तथा त्यहाँ रहेका प्रहरी जवानसमेत छन् । उक्त डिपोमा करिब ६ सय जनाले काम गर्दै आएका एक अधिकारीले बताएका छन् ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०१:५८
प्रतिक्रिया दिनुहोस्