Nic Ad Nic Ad
Nic Ad Nic Ad

मनीषाको हीरामण्डीमा दुई सय करोड बढी खर्च

बिहीबार, मंसिर ८, २०७९
मुम्बई—अभिनेत्री मनीषा कोइरालाको अभिनय रहने बहुप्रतिक्षित वेब सिरिज ‘हीरामण्डी’ चाँडै डिजिटल विश्वमा पाइला चाल्दैछ । ओटीटी प्लेटफर्म नेटफ्लिक्सले निर्माण गरेको यो अहिलेसम्मकै सबैभन्दा महंगो वेब सिरिज हो । सिरिजका निर्देशक सञ्जय लीला भन्साली सिरिजप्रति आत्मविश्वासी बनेका छन् । नेटफ्लिक्सले ‘हीरामण्डी’का लागि हालसम्म करिब दुई सय करोड बढी खर्च गरिसकेको छ । यसमा निर्देशकसहित कलाकारको पारिश्रमिक जोडिएको छ । ‘भन्सालीलाई यो वेब सिरिजको एक भाग निर्देशन गर्न करिब ५० देखि ६० करोड पारिश्रमिक लिएका छन् । बाँकी दुई सय करोडको बजेट सिरिजको प्रोडक्सन र अन्य कलाकारको पारिश्रमिकमा खर्च हुनेछ’, वेबसिरिज निकट स्रोतले भनेको छ । सिरिजका लागि मनीषासहित सोनाक्षी सिन्हा, हुमा कुरैशी र ऋचा चड्डाले पारिश्रमिकमा कटौती पनि गरेका छन् । सिरिजको लागि प्रमुख अभिनेत्रीको कास्ट हाल भइरहेको छ । यो सिरिजको एक भागको निर्देशन भन्सालीले गर्ने भए पनि बाँकी ६ भाग ‘बाजीराव मस्तानी’ र ‘पद्यावत’का सहायक निर्देशक मिताक्षरा कुमारले गर्नेछन् । ‘हीरामण्डी’ एक कष्ट्युम ड्रामा वेब सिरिज हो, यो यौनकर्मीको कथामा आधारित छ । यो सिरजका लागि फिल्मसिटीमा एक ग्राण्ड सेट तयार गरिएको छ । जसको लागत करिब १ करोड ७५ लाख रुपैंयाँ छ । यसमा सन् १९४५ को समयको लाहौरलाई देखाइनेछ । —बलिउड हंगामा
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०९:१८
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार