Nic Ad Nic Ad
Nic Ad Nic Ad

आइफा अवार्डमा विक्की र कृति उत्कृष्ट

बिहीबार, मंसिर ८, २०७९
मुम्बई—भारतको प्रतिष्ठित अवार्ड ‘इन्टरनेसनल इण्डियन फिल्म एकेडेमी अवार्ड(आइफा) २०२२’ हालै आबुधाबीमा सम्पन्न भएको छ । यो अवार्डमा सलमान खान, शाहिद कपूर, विक्की कौशल, कृति सेनन, अभिषेक बच्चन, ऐश्वर्या राय बच्चन, अनन्या पाण्डे, सारा अली खान, एआर रहमान, टाइगर श्राफ, नोरा फतेही, यो यो हनी सिंह र पंकज त्रिपाठीलगायतका कलाकारको उपस्थिति थियो । अवार्डमा अभिनेता विक्की कौशलले ‘सरदार उधम’ र अभिनेत्री कृति सेननले ‘मिमी’का लागि अभिनेता र अभिनेत्रीको अवार्ड जिते । क्याप्टेन विक्रम बत्राको वास्तविक जीवनमा आधारित फिल्म ‘शेरशाह’ले ‘बेस्ट पिक्चर’को अवार्ड पोल्टामा पार्यो । यो फिल्मका निर्देशक वर्धानले ‘बेस्ट डाइरेक्टर’को अवार्ड जिते । यी हुन् विजेता बेस्ट पिक्चर– शेरशाह बेस्ट डायरेक्टर– विष्णु वर्धान (शेरशाह) बेस्ट लीड एक्टर– विक्की कौशल (सरदार उधम) बेस्ट लीड एक्ट्रेस– कृति सेनन (मिमी) बेस्ट सपोर्टिङ एक्टर– पंकज त्रिपाठी (लूडो) बेस्ट सपोर्टिङ एक्ट्रेस– सई तम्हनकर (मिमी) बेस्ट डेब्यू मेल– अहान शेट्टी (तडप) बेस्ट डेब्यू फीमेल– शरवरी वाघ (बन्टी और बबली २) बेस्ट प्लेबैक सिंगर मेल– जुबिन नौटियाल (राताँ लम्बियाँ–शेरशाह) बेस्ट प्लेबैक सिंगर फीमेल– असीस कौर (राताँ लम्बियाँं–शेरशाह) बेस्ट म्यूजिक (टाई)– ए आर रहमान, अतरंगी रे, र तनिष्क बागची, जसलीन रोयल, जावेद–मोहसिन, विक्रम मोन्ट्रोस, बी प्राक, जानी, शेरशाह बेस्ट लिरिक्स– कौसर मुनीर (लहर दो–८३) बेस्ट स्टोरी ओरिजिनल– अनुराग बसु (लूडो) बेस्ट स्टोरी एडेपटेड– कबीर खान, संजय पूरन सिंह चौहान (८३) —बलिउड लाइफ
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  २०:४०
प्रतिक्रिया दिनुहोस्