Nic Ad Nic Ad
Nic Ad Nic Ad

करणको पार्टीमा सहभागी ५५ जनालाई कोभिड संक्रमण

बिहीबार, मंसिर ८, २०७९
मुम्बई— बलिउडमा पुनः कोभिड संक्रमणको लहर सुरु भएका छ । गत शनिबार दुई अभिनेता कार्तिक आर्यन र आदित्य रोय कपूर कोरोना भाइरसको चपेटामा परेका थिए । हालैमात्र प्रख्यात निर्माता करण जोहारले आयोजना गरेको एक पार्टीमा सहभागी करिब ५० देखि ५५ व्यक्तिलाई कोभिड संक्रमण देखिएको छ । पार्टीमा सहभागी क—कसलाई कोभिड संक्रमण देखिएको छ भन्ने नाम खुल्न सकेको छैन् । तर यो सूचीमा बलिउडका लोकप्रिय कलाकारहरु रहेको बताइएको छ । करणले गत मे २५ मा आफ्नो जन्मदिनको पार्टी राखेका थिए । पार्टी सकिएको करिब एक सातापछि मात्र पार्टीमा सहभागी करिब ५५ जनालाई एकसाथ कोभिड संक्रमण देखिएको हो । ‘त्यहाँ एक अभिनेत्री आफ्नो फिल्मको प्रचारका लागि पुगेकी थिइन् । उनीबाटै भाइरस सरेको हो कि भन्ने अनुमान छ’, एक फिल्मकर्मीले भनेका छन् । मुम्बईको अँधेरीस्थित यशराज स्टुडियोमा आयोजित पार्टीमा अनन्या पांडे, जान्हवी कपूर, विक्की कौशल, मलाइका अरोडा, तब्बू, ट्विंकल खन्ना, सोनाली बेंद्रे, माधुरी दीक्षित, रवीना टण्डन, जूही चावला, करीना कपूर, सैफ अली खान, शाहरुख खान, सलमान खान, आमिर खानसहितका फिल्मका हस्तीहरुको उपस्थिति थियो । -बलिउड लाइफ
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०९:१८
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार