पोस्टमार्टम रिपोर्ट भन्छ– मायाेकार्डियल इन्फार्क्सनका कारण केकेको निधन
मुम्बई–केकेका रुपमा परिचित लोकप्रिय भारतीय गायक कृष्णकुमार कुन्नथको अन्तिम पोस्टमार्टम र अटोप्सी शनिबार कोलकाता प्रहरीलाई हस्तान्तरण गरिएको छ । दुवै रिपोर्टमा गायकको मृत्युको कारण ‘मायोकार्डियल इन्फार्क्सन’ मानिएको छ ।
रिपोर्ट अनुसार कोलेस्ट्रोलको सञ्चयले इन्ट्रामस्क्युलर धमनीलाई निकै संकुचित बनाएपछि मुटुबाट रगतका पम्पिङ प्रभावित भएको थियो । यहीकारण कोरोनरी धमनीमा पनि रोकावट आएका थियो ।
यता कोलकाता प्रहरीले गायकको अप्राकृतिक मृत्युको सम्बन्धमा प्रारम्भिक उजुरी दर्ता गरेर अनुसन्धान सुरु गरेको छ । ‘तर प्रारम्भिक र अन्तिम पोस्टमार्ट रिपोर्टसँगै रासायनिक विश्लेषणपछि अब अप्राकृतिक मृत्युको सिद्धान्तलाई अस्वीकार गरिएको छ,’ नाम नबताउने शर्तमा एक प्रहरी अधिकृतले भनेका छन् ।
गत मंगलबार साँझ गायक केकेले दक्षिण कोलकाताको नजरुल मञ्चमा प्रस्तुति दिइरहँदा अस्वस्थ भएका थिए । त्यसपछि उनलाई अस्पताल लैजादा उनको मृत्यु भएको थियो ।
–एबीपी लाइभ
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ०९:१७
प्रतिक्रिया दिनुहोस्