Nic Ad Nic Ad
Nic Ad Nic Ad

चार फेसन डिजाइनर उत्कृष्ट

बिहीबार, मंसिर ८, २०७९
काठमाडौं– इन्टरनेशनल इनिस्टिच्युट अफ फेसन टेक्नोलोजी(आईआईएफटी)ले राजधानीमा आयोजना गरेको डिजाइनरबीचको प्रतिस्पर्धात्मक र्‍याम्प शो ‘ड्रेस टु इम्प्रेस’को पाँचौं संस्करणमा विभिन्न चार थिममा चार फेसन डिजाइनर उत्कृष्ट ठहरिएका छन् । काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा शनिबार सम्पन्न ग्राण्ड प्रतियोगितामा १ सय २२ जना डिजाइनरहरु प्रतिष्पर्धी थिए जसमा ‘मेक्सी विथ फ्लोरल प्रिन्ट’मा दीपा थापा मगर, ‘वेस्टर्न ब्राइडलः ह्वाइट गाउन’ थिममा अलिशा विष्ट, ‘एनिमी क्यारेक्टर’ थिममा मनिषमान श्रेष्ठ र ‘पेपर फोल्ड’मा सुमित्रा लामा उत्कृष्ट डिजाइनर ठहरिए । यो डिजाइनर कन्टेस्टमा आईआईएफटीमै फेसन डिजाइनिङमा डिप्लोमा कोर्ष पूरा गरेका डिजाइनहरु आफूले तयार पारेका पहिरनमा प्रस्तुत भएका थिए । विजेता बनेका ४ जनाले आईआईएफटीको तर्फबाट नगद १५ हजार प्राप्त गरेका छन् भने युएफओको तर्फबाट १० हजार बराबरको सपिङ भौचर र कमलपोखरीस्थित सिटी सेन्टरमा रहेको बज्र ननिताज फिटनेश क्लवको तर्फबाट ३५ हजार बराबरको प्याकेज पाएका छन् । ‘ड्रेस टु इम्प्रेस–५’का लागि द हिडेन ट्रेजरका निर्देशक सुर्वणबहादुर क्षेत्री, फेसन डिजाइनर युबी थापा, बुटिक एशोसिएसनका पूर्वअध्यक्ष उज्ज्वलकृष्ण श्रेष्ठ, ग्ल्यामर फोटोग्राफर राजभाई सुवाल, फेसन डिजाइनर निभा श्रेष्ठ, फेसन कोरियोग्राफर तथा कलाकार प्रशान्त ताम्राकार, फेसन डिजाइनर महेश महर्जन, कृष्णराज तिम्सिनालगायत निर्णायक थिए । फेसन डिजाइनर बन्न चाहनेका लागि आईआईएफटीले डिप्लोमा र एड्भान्स कोर्ष दिँदै आएको छ । काठमाडौंको बागबजार र कमलादीको हेरिटेज प्जाजा तथा ललितपुरको कुमारीपाटी रहेको आईआईएफटीले सुरुदेखि नै आफ्ना विद्यार्थीका लागि ‘ड्रेस टु इम्प्रेस’ प्रतियोगितात्मक शो गर्दै आएको प्रबन्ध निर्देशक फूपु तेन्जिङ शेर्पाले बताए ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०९:४७
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार