Nic Ad Nic Ad
Nic Ad Nic Ad

बगानमा सरोजको एक्सन–कट

बिहीबार, मंसिर ८, २०७९
काठमाडौं– कुशल अभिनेता सरोज खनालले फिल्म ‘बगान’मार्फत निर्देशनमा पाइला चालेका छन् । काठमाडौंको चाबहिलस्थित चलचित्र विकास बोर्डको हलमा आइतबार फिल्मको ‘इन्ट्रो टिजर’ र पहिलो गीत ‘तिम्रो सुन्दर आँखा’ सार्वजनिक गरियो । फिल्ममा सरोज खनालसँगै नीर शाह, बसुन्धरा भुषाल, मिथिला शर्मा, करिश्मा मानन्धर, आकाश श्रेष्ठ, नव अभिनेत्री प्रमिला कार्कीलगायतको अभिनय छ । सार्वजनिक गीतमा सुरेश वाग्लेको शब्द, सुभाष भुषालको संगीत तथा सुगम पोखरेल र अस्मिता अधिकारीको एक्सन–कट छ । भिडियोमा आकाश र प्रमिला फिचर्ड छन् । गीतमा कविराज गहतराजको कोरियोग्राफी छ । निर्देशक खनालले आफ्नो जीवनकालमा फिल्ममा अभिनय गरेर सिकेको ज्ञान र अनुभवलाई निर्देशनमा प्रयोग गर्ने प्रयास गरेको बताए । उनले आफूले निर्देशन गरेको फिल्मले समाज परिवर्तनमा ठूलो भूमिका खेल्ने विश्वास व्यक्त गरे । ‘मेरो फिल्मले व्यापारमा रेकर्ड नराख्ला तर नेपालमा यति राम्रो पनि फिल्म बन्छ भनेर गर्व गर्न लायक फिल्म चाहिँ बनाएको छु’, उनले भने । अभिनेता आकाश श्रेष्ठले सरोज खनाल जस्तो कलाकारको निर्देशनमा काम गर्न पाउनु आफ्नो सौभाग्य रहेको बताए । फिल्ममा भूमिका सानो भएपनि प्रभावकारी रहेको उनको भनाई छ । त्यस्तै, नवअभिनेत्री कार्कीले मुर्धन्य कलाकारहरुसँग काम गर्न पाएकोमा खुशी व्यक्त गरिन् । फिल्मका निर्माता सुरेश वाग्लेले कथावस्तुले मन छोएपछि लगानी गर्न तयार भएको बताए । फिल्ममा गौरीशंकर धुजुको डिओपी, उत्सव दाहालको छायांकन, अर्जुन जिसी, राजेश शाह र सन्देश शाहको सम्पादन, समिर मियाँको भि.एफ.एक्स. तथा रेनिश फागोको कलर करेक्शन रहेको छ । साउन्ड मिक्सिंग मुकेश शाह र ब्याकग्राउण्ड स्कोर द एक्स ब्याण्डका शिव मुखियाको रहेको छ । नेपाली वेबसाइट डटकमको प्रस्तुती रहेको ‘बगान’का निर्माता सुरेश वाग्ले हुन् भने कार्यकारी निर्माता अभिनेत्री करिश्मा मानन्धर हुन् ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०९:४७
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार