Nic Ad Nic Ad
Nic Ad Nic Ad

दीपकराज गिरी भन्छन् - 'सत्य बोल्नु पर्छ, झॉक्री, आले र कृष्ण कुमार जनताको काममा सिरियस'

बिहीबार, मंसिर ८, २०७९
काठमाडौं - हास्य कलाकार दीपकराज गिरीले माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले गरेको मन्त्री हेरफेर गर्ने निर्णयमा आफ्नो प्रतिक्रिया दिएका छन् । आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत कलाकार गिरीले मन्त्री पद बाट बिदाइ हुने क्रममा रहेका मन्त्रीहरु आफ्नो काममा सिरियस भएको देखिएको बताए । उनले बिदाई हुने क्रममा रहेकी रामकुमारी झाँक्री, प्रेम आले र कृष्ण कुमार जनताको काममा सिरियस देखिएको बताए । उनले भने - 'सत्य बोल्नु पर्छ ‘मन्त्री पद बाट बिदाइ हुने क्रममा रहेकि राम कुमारी झॉक्री, प्रेम आले र कृष्ण कुमार जनताको काम गर्नु पर्छ भन्ने कुरामा चाहि सिरियस देखिन्थे है ..' आइतबार बसेको एकीकृत समाजवादी पार्टीको सचिवालय बैठकले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने निर्णय गरेको हो । नयाँ पठाउने मन्त्रीहरुको नाम प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष पठाइएको छ । नयाँ मन्त्रीको रुपमा जीवनराम श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, मेटमणि चौधरी सहरी विकास, शेरबहादुर कुँवरलाई सिफारिस गरिएको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०९:४६
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार