नीता र हरिहरको फिल्म 'ह्रस्व दीर्घ' मा 'पुष्पा' का मुख्य खलनायकको इन्ट्रि
काठमाडौं - अभिनेत्री नीता ढुंगाना र हरिहर अधिकारीको नयाँ फिल्म ‘ह्रस्व दीर्घ’ मा अर्का साउथ अभिनेताको पनि इन्ट्री भएको छ । फिल्ममा साउथ फिल्म पुष्पाबाट खलनायकको रुपमा चर्चामा आएका सुनिल वर्मा अनुबन्धित भएका हुन् । यसअघि यस फिल्ममा साउथकै कलाकार प्रदीपसिंह रावत अनुबन्धित भएका थिए ।
अब फिल्ममा सुनिल वर्माले पनि अभिनय गर्ने भएका छन् । सुनिल वर्मालाई फिल्ममा अनुबन्धित गरिएको बारे नीताले सामाजिक सञ्जालमार्फत जानकारी गराएकी छिन् । उनले वर्मालाई आफ्रनो फिल्ममा स्वागत गरेकी छिन् ।
उनले लेखेकी छिन् - 'Dear Sunil Varma ji Welcome to our team as an actor Congratulations!!!! साउथ इन्डियन चलचित्र पुष्पाबाट खलनायकको रुपमा चर्चामा आएका कलाकार Sunil varma ji व्यस्तताका बाबजुद पनि समय मिलाई दिनु भएकोमा यहाँ प्रति धेरै आभार प्रकट गर्दछु ?Neeta Films बाट निर्माण हुनलागेको चलचित्र "ह्रस्व"दीर्घ मा कलाकारको रूपमा तपाईंलाई स्वागत गर्न पाउँदा हामी उत्साहित छौं '
नीता र हरिहरको मूख्य अभिनय रहेको यस फिल्मको छायांकन साउनबाट शुरु गरिने बताइएको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ०९:४८
प्रतिक्रिया दिनुहोस्