Nic Ad Nic Ad
Nic Ad Nic Ad

१४ औं पटक फ्रेन्च ओपन उपाधि जित्दै नाडालले बनाए कीर्तिमान

शुक्रबार, मंसिर ९, २०७९

काठमाडौँ– स्पेनिस टेनिस स्टार राफायल नाडालले १४ औँ पटक फ्रेन्च ओपन टेनिसको उपाधि जितेका छन् ।

पेरिसमा आइतबार भएको फाइनलमा कास्पर रुडलाई हराउँदै नाडालले उपाधि जितेका हुन् ।

क्ले कोर्टका राजा नाडालले आठौं वरीयताका नर्वेजियन रुडलाई ६-३,६-३ र ६-० को सेटमा पराजित गरे ।

रुड नाडालका चेला हुन् । २३ वर्षीय रुड २०१८ देखि मालोर्कामा रहेको नाडालको एकेडेमीमा ट्रेनिङ गर्दै आईरहेका छन् ।

पाँचौ वरीयताका नाडाल १४ पटक फ्रेन्च ओपन जित्ने एक्लो खेलाडी हुन् । यस्तै ३६ वर्षीय नाडालको यो कीर्तिमानी २२ औं पटक ग्रान्डस्लाम टेनिसको उपाधि हो ।

महिलातर्फको उपाधि विश्व नम्बर एक इगा स्वेटेकले जितेकी छिन् ।

पेरिसमा शनिबार भएको फाइनलमा अमेरिकी खेलाडी कोको गाउफलाई हराउँदै पोल्याण्डकी इगाले उपाधि जितेकी हुन्।

इगाले दोस्रो पटक फ्रेन्च ओपन जितेकी हुन् । यस अघि उनले २०२० मा उपाधि जितेकी थिइन् ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०७:१९
प्रतिक्रिया दिनुहोस्