युक्रेनलाई पराजित गर्दै ६४ वर्षपछि वेल्स विश्वकपमा
काठमाडौँ– युक्रेनलाई १-० ले पराजित गर्दै वेल्स एसियाली मुलुक कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलमा छनोट भएको छ ।
आइतबार राति युरोपेली छनोटअन्तर्गत भएको प्लेअफमा खेलको ३४ औं मिनेटमा युक्रेनका एन्ड्री यार्मोलेन्कोले आत्माघाती गोल गरे । वेल्सको जितका लागि उक्त गोल निर्णायक बन्यो । वेल्सको यो जितसँगै युक्रेनको विश्वकप खेल्ने सपना अधुरो बनेको छ ।
योसँगै वेल्स ६४ वर्षपछि विश्वकपमा छनोट भएको छ । सन् १९५८ पछि पहिलो पटक वेल्स विश्वकपमा छनोट भएको हो ।
अब, समूह बी इंग्ल्यान्ड, अमेरिका र इरानसँगै वेल्सले खेल्नेछ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ०४:०९
प्रतिक्रिया दिनुहोस्