Nic Ad Nic Ad
Nic Ad Nic Ad

आजदेखि बजेटमा मन्त्रालयगत छलफल हुँदै

बिहीबार, मंसिर ८, २०७९
काठमाडौँ– आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमा आजदेखि मन्त्रालयगत छलफल हुने भएको छ । बजेटमाथिको सैद्धान्तिक छलफल सकिएपछि मन्त्रालयगत छलफल शुरू हुन लागेको हो । प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजेन बस्दैछ । संसद सचिवालयका अनुसार आज कानुन, न्याय तथा संसदीय मामिला, युवा तथा खेलकुद, श्रम रोजगार तथा सामाजिक सुरक्षा, वन तथा वातावरण, शहरी विकास, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका बजेटमाथि छलफल हुने सम्भावित कार्यसूची छ । अर्थमन्त्री जनार्दन शर्माले जेठ १५ गते १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट संघीय संसदमा पेश गरेका थिए । जेठ १७ गतेदेखि उक्त बजेटमाथि सैद्धान्तिक छलफल भएको थियो ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  १५:०४
प्रतिक्रिया दिनुहोस्