Nic Ad Nic Ad
Nic Ad Nic Ad

आइइसी डिजाइनर रनवे ११ हुँदै

बिहीबार, मंसिर ८, २०७९
काठमाडौं—नेक्स्ट मोडल्स नेपालको आयोजनामा काठमाडौंमा ‘आइइसी डिजाइनर रनवे ११’ फेसन शो हुने भएको छ । विगतका वर्षझैं यस वर्ष पनि आइसी कलेजले फेसन शो आयोजना गर्न लागेको हो । शोको म्यानेजमेन्ट नेक्स्ट मोडल्स नेपालले गर्नेछ । नेक्स्ट मोडल्स नेपालले शोका लागि मोडलको आवेदनसमेत खुल्ला गरेको छ । उसले ५ फिट ६ इन्च उचाइ भएका महिला मोडलले आवेदन दिन सक्ने प्रावधान राखेको छ । छनोट आगामी ११ जुन अर्थात जेठ २८ गते शनिबार हुनेछ । फेसन शोमा ६ पुरुष र २४ महिला गरेर ३० मोडलले आइसी कलेजका ६१ जना फेसन डिजाइनरले तयार पारेका फेसनका डिजाइन र्याम्पमा प्रस्तुत गर्नेछन् । फेसन डिजाइनर नै आइसी कलेजका १९ औं ब्याचका पास आउट विद्यार्थी हुन् । विगत धेरै वर्षदेखि नियमित आयोजना हुँदै आएको यो फेसन शो यस वर्ष बिगतका भन्दा झन् उत्कृष्ट तरिकाबाट प्रस्तुत गर्ने तयारी भइरहेको म्यानेजमेन्ट जिम्मेवारी लिएको संस्थाका सिइओ रवी धमलाले बताए । ‘आइइसी डिजाइनर रनवे’ को मुख्य उदेश्य नेपाली फेसन डिजाइनरको प्रचारप्रसार गर्दै उनीहरुले डिजाइन गरेका नेपाली फेसनका आकर्षक डिजाइन अन्तराष्ट्रिय स्तरमा पुर्याउनु रहेको आयोजक आइसी कलेजकी प्रबन्ध निर्देशक शैलजा अधिकारीले बताइन् । फेसज शोको लागि अन्तराष्ट्रिय कोरियोग्राफर अभिमन्यु सिंह तोमर समेत नेपाल आउने आयोजकले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०९:४७
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार