चीनको याङ्जे नदीमा तीन करोड माछा छोडियो
वुहान - चीनको मध्य क्षेत्रमा रहेको हुबेई प्रान्तको याङ्जे नदीमा सोमबार ३० लाखभन्दा बढी माछालाई छोडिएको छ । हुबेई प्रान्तीय सरकारका अनुसार यी माछाहरूमध्ये चिनियाँ स्टरगेन र यसबाट सुधारिएको प्रजातिलगायत केही संरक्षित प्रजातिहरू पनि छन् ।
कृषि तथा ग्रामीण मामिला मन्त्रालय, हुबेई प्रान्तीय सरकार र थ्री गर्जेज ग्रुपले संयुक्त रूपमा माछा भण्डार बढाउन र जलीय जैविक विविधताको संरक्षण गर्न यस गतिविधिको आयोजना गरेको थियो ।
कृषि तथा ग्रामीण मामिलासम्बन्धी प्रान्तीय विभागका अनुसार सन् २०१६ देखि हुबेईले आफ्ना नदी तथा तालहरूमा दुई अरबभन्दा बढी माछाहरूलाई छोडिएको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०१:३२
प्रतिक्रिया दिनुहोस्