Nic Ad Nic Ad
Nic Ad Nic Ad

‘ह्रस्व दीर्घ’ मा जुही चावलालाई ल्याउने तयारी थियो, तर माग सुनेर झस्किइन् नीता

बिहीबार, मंसिर ८, २०७९
काठमाडौं – अभिनेत्री नीता ढुंगाना र हरिहर अधिकारीको नयाँ फिल्म ‘ह्रस्व दीर्घ’ को पछिल्लो समय निकै चर्चा छ । यस फिल्ममा साउथ फिल्मका दुई अघिनेता प्रबेश गरिसकेका छन् । आइतबार साउथ फिल्म पुष्पाबाट खलनायकको रुपमा चर्चामा आएका सुनिल वर्मा अनुबन्धित भएको समाचार आएको थियो । यस्तै यसअघि नै फिल्ममा साउथकै कलाकार प्रदीपसिंह रावत अनुबन्धित भएका थिए । नीतालले यस फिल्ममा बलिउडकी एक अभिनेत्री भित्राउने तयारी गरेकी थिइन् । उनले बलिउड अभिनेत्री जुही चावलालाई फिल्ममा ल्याउने कोशिस गरेकी थिइन् । उनलाई हिरोकी आमाको भूमिकामा ल्याउने तयारी थियो । तर उनले धेरै माग गरेपछि नीता हच्किइन् । उनले एक करोड माग गरेको बताइन्छ । नीता र हरिहरको मूख्य अभिनय रहेको यस फिल्मको छायांकन साउनबाट शुरु गरिने बताइएको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  १०:१४
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार