Nic Ad Nic Ad
Nic Ad Nic Ad

तिलिचो हिमालमा खिचियो तिलिचो ताल

बिहीबार, मंसिर ८, २०७९
काठमाडौं—विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको तिलिचो हिमालको काखमा छायांकन गरिएको गीत ‘तिलिचो ताल’ सार्वजनिक भएको छ । काठमाडौंमा आयोजित कार्यक्रममा पाँच हजार एक सय पाँच मिटरको उचाइमा अवस्थित तिलिचो हिमालको काखमा छायांकन गरिएको गीतको भिडियो सार्वजनिक गरिएको हो । पूर्व श्रममन्त्री रामेश्वर राय यादवको प्रमुख आतिथ्यता र संगीतकार तथा गायक सन्तोष श्रेष्ठ, सागर अधिकारी ‘शरद’, सञ्चारकर्मी तुलसी गिरी ‘भावुक’, राज लुइँटेल, रमेश थापा, सिलोन लम्साल, गीता राई लगायतको आतिथ्यतामा भिडियो सार्वजनिक गरिएको थियो । सो अवसरमा उक्त उचाईमा लाइभ प्रस्तुति गरिएको गीतको सिडी एल्वम पनि सार्वजनिक गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि र अतिथिहरूले यो उचाईमा गएर प्रत्यक्ष प्रस्तुतिका साथै भिडियो छायांकन गरेर सार्वजनिक गरिएकोमा डा. उपाध्यायलाई बधाई तथा शुभकामना दिएका थिए । कार्यक्रमको सहजिकरण सञ्चारकर्मी गीता अधिकारीले गरेकी थिइन् । गीतमा सागर अधिकारी ‘शरद’को स्वर तथा छायांकन, भेषप्रसाद श्रेष्ठको संगीत, देवेन्द्र नेवाःको एरेञ्ज र कुमार केसीको माष्टरिङ छ । महेन्द्र चन्द ‘माइकल’को निर्देशन रहेको गीतको भिडियोमा पुष्प खडका र श्रद्धा क्षेत्री फिचर्ड छन् । भिडियोमा उत्सव दाहालको छायाँकन, शिलन लम्सालको सम्पादन र अनिता ग्वाच्छाको श्रृङ्गार छ । भिडियो डीआर क्रिएसनमार्फत सार्वजनिक गरिएको हो । https://www.youtube.com/watch?v=CaYvHEM0_Lc
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  १०:१४
प्रतिक्रिया दिनुहोस्