टाइगर ३ को एक्सन सिक्वेन्समा ४० करोड खर्च
मुम्बई— बलिउड अभिनेता सलमान खान ‘टाइगर’ फ्रेन्चाइजीको तेस्रो फिल्म ‘टाइगर ३’का कारण चर्चामा छन् । यो फिल्मलाई लिएर नयाँ अपडेट बाहिर आएको छ । समाचारअनुसार फिल्ममा सलमान र अर्का अभिनेता इमरान हाशमीको एक्सन सिक्वेन्सका लागि झण्डै ४० करोड रुपैंयाँ खर्च गरिएको छ ।
फिल्ममा सलमान र कटरीना कैफ प्रमुख भूमिकामा छन् । इमरान भने भिलेनको चरित्रमा देखिनेछन् । यद्यपि इमरानको भूमिकाबारे निर्माण पक्षले आधिकारिक रुपमा जानकारी दिएको छैन ।
फिल्मको सुटिङ टर्की, अष्ट्रिया, रुस र नयाँदिल्लीमा गरिएको छ । यो सुटिङ पुरा भएपछि सलमानले केही समय आराम गरेका थिए । सुटिङ भइरहँदा कटरीनाले पनि विवाहका लागि ब्रेक लिएकी थिइन् ।
फिल्ममा सलमान ‘र’को एजेण्ट र कटरीना आईएसआईको एजेण्ट जोयाको भूमिकामा देखिँदैछिन् । मनीष शर्माको निर्देशनमा बनेको फिल्म यशराज फिल्मस्ले निर्माण गरेको हो । फिल्म आगामी वर्षको इदको अवसर अप्रिल २१ मा रिलिज हुनेछ ।
—दैनिक जागरण
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ १०:१६
प्रतिक्रिया दिनुहोस्