यी हुन् महङ्गा कोरियन कलाकार
सोल— आजको समयमा फिल्मको कुनै सीमा छैन । आजकल दर्शक मनोरञ्जनका लागि विश्वका जुनसुकै स्थानका फिल्म हेर्छन् । वर्तमान समयमा कोरियन फिल्महरुको लोकप्रियता पनि बढ्दो छ ।
कोरियाली अभिनेता ली मिन—हो तो कोरियाका ‘शाहरुख’का रुपमा चिनिन्छन् । उनको फ्यान फलोइङ संख्या कोरियासँगै बाहिरी देशमा उत्तिकै छ । यहाँ कोरियन फिल्ममा अभिनय गर्ने महंगा कलाकारहरुको बारे व्याख्या गरिएको छ ।
३३ वर्षका किम सू—ह्युन कोरियन ड्रामाका विश्वकै ठूलो नाममा गनिन्छन् । उनले दुईपटक ‘ग्राण्ड बेल अवार्ड’ जितिसकेका छन् । उनले बीबीसीको ‘क्रिमिनल जस्टिस’को कोरियन रिमेक ‘वान अर्डिनरी डे’मा अभिनय गरेका छन् । उनी हरेक एपिसोडमा ४ लाख ४० हजार अमेरिकी डलर लिन्छन् । उनले सन् २००७ मा कोरियन ड्रामा ‘किम्ची चीज स्माइल’बाट अभिनय गरियर सुरु गरेका थिए ।
कोरियन ड्रमा ‘बोइज ओवर फ्लावर्स’मा गुन जून—प्योको भूमिका निभाउने ली मिन—हो एसियामा रुचाइएका अभिनेतामा पर्छन् । उनको इन्स्टाग्राम एकाउण्टमा सर्वाधिक बढी फलोअर छन् । ली प्रति एपिसोड ४ लाख ८० हजार डलर पारिश्रमिक लिन्छन् ।
सन् २०१० मा ‘सुंगक्यूंकनवाला स्क्याण्डल’बाट आफ्नो करियर सुरुवात गरेका सन्स जुंगको लोकप्रियता उत्तिकै छ । सन् २०२१ मा नेटफ्लिक्समा आएका ‘विन्सेंजो’ले सन्सको भूमिकालाई एक नयाँ उचाइमा पु¥याइदियो । यी अभिनेतालाई अहिले हरेक एपिसोडमा १ लाख ७० हजार डलर पारिश्रमिक लिन्छन् ।
जियाना जून नामले लोकप्रिय अभिनेत्री कोरियाको महंगो अभिनेत्रीमा पर्छिन् । उनी लक्जरी फेसन लेबल अलेक्जेण्डर मेक्विनकी ब्राण्ड एम्बासेडर पनि हुन् । उनले कैयौं पटक उत्कष्ट अभिनेत्रीको अवार्ड जितिसकेकी छन् । उनी हरेक एसिपसोडबाट ८५ हजार अमेरिकी डलर पारिश्रमिक लिन्छिन् ।
सर्वाधिक पारिश्रमिक लिने कलाकारको सूचीमा ह्यून बिन आफ्नो पुस्ताका सफल कलाकारमा पर्छन् । उनले ‘क्रेश लेण्डिङ’मा प्रमुख भूमिका निभाएका थिए । जुन दक्षिण कोरियाको टेलिभिजन इतिहासमा सर्वाधिक बढी प्रसारण भएको छ । उनी प्रतिभालग १ लाख १३ हजार अमेरिकी डलर पारिश्रमिक लिन्छन्
अर्का अभिनेता जो इन—संगको लोकप्रियता पनि कम छैन । सन् २०१२ मा रिलिज ‘एसकेप फ्रम मेगाधीशु’मा उनले अभिनय गरेका थिए । उनी हरेक एपिसोडमा ९० हजार अमेरिकी डलर पारिश्रमिक बुझ्छन् ।
जी चाङ—वूक कोरियन ड्रामाका सबैभन्दा हेण्डसम अभिनेतामा पर्छन् । उनको इन्स्टाग्राममा २० मिलियन बढी फलोर्स छन् । ‘फेब्रिकेटेड सिटी’ र ‘हार्ड हिट’ उनको लोकप्रिय सिरिज हो । उनी प्रति एपिसोड ५० हजार डलर पारिश्रमिक लिन्छन् ।
जून जी—ह्यून जस्तै सन्ग पनि आफ्नो पीढिमाझ सर्वाधिक लोकप्रिय छिन् । उनी इन्स्टाग्रामबाट पोस्टबाट विज्ञापन गरेको पारिश्रमिक ४ लाख ६० हजार अमेरिकी डलर, ब्राण्ड प्रवद्र्धनको ७ लाख ६० हजार र सिरिजको हरेक एपिसोडका लाग ४० हजार डलर लिन्छिन् ।
ली सेउंग—गी एक प्रतिभावान स्टार हुन् । उनले अभिनयमात्र नभई गायन र होस्टका रुपमा काम गरिसकेका छन् । उनी हरेक एपिसोडका लागि ५० हजार अमेरिकी डलर पारिश्रमिक छन् ।
सो जी—सबले करियरको सुरुवात सन १९९०बाट गरेका थिए । तर वास्तविक सफलता उनले सन् २००२ मा ‘ग्लास स्पिलपर्स’बाट पाए । उनी प्रति एसिपोड ९० हजार अमेरिकी डलरसम्म पारिश्रमिक लान्छन् ।
—आजतक
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ १०:१६
प्रतिक्रिया दिनुहोस्