Nic Ad Nic Ad
Nic Ad Nic Ad

भदौ १० मा सृष्टिको द सिक्रेट्स अफ राधा

शुक्रबार, मंसिर ९, २०७९
काठमाडौं— अभिनेत्री सृष्टि श्रेष्ठ र अभिनेता सौगात मल्ल स्टारर फिल्म ‘द सिक्रेट्स अफ राधा’ आगामी भदौ १० बाट प्रदर्शनमा आउने भएको छ । यो फिल्मले यसअघि सार्वजनिक भदौ २४ को सेड्युललाई रद्द गर्दै भदौ १० मा रिलिज हुने नयाँ मिति सार्वजनिक गरेको हो । फिल्मले मंगलबार नयाँ मितिसहित नयाँ पोस्टर सार्वजनिक गरेको छ । पोस्टरमा सृष्टिले एक बच्चालाई काखमा लिएको देख्न सकिन्छ । सुवर्ण थापा निर्देशित फिल्ममा खगेन्द्र लामिछाने, मेनुका प्रधान, पशुपति राई, दिव्यदेव पन्त, पुष्कर गुरुङ, लोकेन्द्र लेखक लगायतको पनि अभिनय छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०६:५१
प्रतिक्रिया दिनुहोस्