Nic Ad Nic Ad
Nic Ad Nic Ad

मिस नेपाल वर्ल्डको ओपनिङ राउण्डमा आईआईएफटीको पहिरन

बिहीबार, मंसिर ८, २०७९
काठमाडौं—नेपालको लोकप्रिय सौन्दर्य प्रतियोगिता ‘मिस नेपाल वर्ल्ड–२०२२’का प्रतियोगीले यसवर्षको ओपनिङ राउण्डमा इन्टरनेशनल इन्स्टिच्युट अफ फेसन टेक्नोलोजी(आईआईएफटी)का विद्यार्थीले डिजाइन गरेका पहिरन लगाउने भएका छन् । प्रतियोगितामा यसपटक २४ जना प्रतिष्पर्धामा छन् । असार ४ गते हुने 'ग्राण्ड फिनाले'मा आईआईएफटीबाट फेसन डिजाइनिङ ग्राजुएट गरेका डिजाइनरले तयार पारेका पहिरनमा प्रस्तुत हुन लागेका हुन् । आईआईएफटीबाट ग्राजुएट १० जना फेसन डिजाइनर यतिबेला प्रतिस्पर्धीका लागि पहिरन तयार गर्न व्यस्त छन् । फेसन डिजाइनरहरु पेशल खड्का, पम्फा श्रीष मगर, संगी आचार्य, गीता मिश्र, सविता महर्जन, सरिता श्रेष्ठ, दिलमाया मगर, राजन शाह, सविता चेम्जोङ र सुनैना शाहीले आईआईएफटीका निर्देशक विपना थापाको निर्देशन र एकेडेमिक हेड सविन ढुंगानाको निरीक्षणमा प्रतियोगीका लागि परिहन तयार गरिरहेका छन् । डिजाइनरहरुले चारवटा थिममा पहिरन तयार गरिरहेको आईआईफटीले जनाएको छ । तर, थिमबारे खुलाइएको छैन । आईआईएफटीले छोटो समयमै धेरै फेसन डिजाइनर तयार गरिसकेको छ । काठमाडौंको बागबजार र कमलादीस्थित हेरिटेज प्लाजा तथा ललितपुरको कुमारीपाटीमा रहेको आईआईएफटीले फेसन डिजाइनिङका अलावा इन्टेरियर डिजाइनको पनि अध्यापन गराउन सुरु गरेको छ । यसअघि आईआईएफटीले दर्जनौँ इभेन्टमा पहिरनका लागि संयोजनको काम गरिसकेको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  १०:१५
प्रतिक्रिया दिनुहोस्