Nic Ad Nic Ad
Nic Ad Nic Ad

एम्बरलाई साउदी युवकको विवाह प्रस्ताव

बिहीबार, मंसिर ८, २०७९
लसएञ्जल्स—हलिउड अभिनेता जोनी डेप र उनकी श्रीमति एम्बर हर्डका मानहानी मुद्धा ६ हप्ता लामो सुनुवाई पछि समाप्त भइसकेको छ । भर्जिनियाको फेयरफेक्समा चलेको मुद्धामा जोनीले जित हासिल गरेका छन् । यो मुद्धा सकिएसँगै एम्बरलाई विवाहको प्रस्ताव आएको छ । समाचार अनुसार साउदी अरबका एक व्यक्तिले मुद्धा हारेकी एम्बरलाई विवाह गर्ने प्रस्ताव गरेका हुन् । उनले इन्स्टाग्राममा एम्बरलाई एक भ्वाइस सन्देश पठाएका छन् र आफूलाई जोनीभन्दा उत्कृष्ट पुरुष मानेका छन् । सामाजिक सञ्जालमा यो भ्वाइस नोट निकै भाइरल भइरहेको छ । ‘एम्बर सबै ढोका तपाईंका लागि बन्द भएका छन् । यस्तो अवस्थामा तपाईंको हेरचाह गर्ने मबाहेक अरु कोही छैनन् । मैले देखेको छु कि केही व्यक्ति तपाईंलाई घृणा गर्छन् र तपाईंलाई धम्क्याउछन् । यसकारण मैले आफ्नो विवाहको निर्णय लिएको छु । अल्लाह हामी दुईको भलो गरुन् । तपाईं एक वरदान जस्तै हुनुहुन्छ, तर मानिसहरु यसको सराहना गर्दैनन् । म त्यो बुढो मान्छेभन्दा उत्कृष्ट छु’, उनले भनेका छन् । अदालतमा मुद्धा चलिरहँदा जोनीले अदालतमा एम्बरले आफूलाई घरेलू शोषणको शिकार गरेर आफ्नो बदनाम गरेको दाबी गरेका थिए । लामो सुनुवाई पछि न्यायाधिशले एम्बरलाई जोनीलाई १५ मिलियन हर्जाना तिर्न आदेश दिएका थिए । यही मुद्धासँग जोडिएको घरेलु हिंसा मामलामा जोनीले २ मिलियन डलर एम्बरलाई दिनुपर्ने पनि आदेश दिएको थियो । —अमरउजाला
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  १०:२५
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार