Nic Ad Nic Ad
Nic Ad Nic Ad

एकसाथ दुई भिडियो सार्वजनिक

बिहीबार, मंसिर ८, २०७९
काठमाडौं–फिल्म निर्देशक आरएल लामा मोक्तान निर्देशित ‘छुट्टिएर बस्ने कुरा’ र ‘हे कान्छी’ बोलका दुई भिडियो सोमबार राजधानीमा आयोजित कार्यक्रममा एकसाथ सार्वनिक गरिएको छ । ‘छुट्टिएर बस्ने कुरा’ मंगलबार बुढासुब्बा डिजिटलमार्फत दर्शकमाझ ल्याईएको छ भने ‘हे कान्छी’ असार १ मा सार्वजनिक गरिने छ । ‘आर’ एल्बममा समाबेश ‘छुट्टिएर बस्ने कुरा’ मा श्यामकुमार स्याङ्तानको स्वर, शब्द र विकास चौधरीको संगीत छ । भिडियोमा शोभित बस्नेत, श्यामकुमार स्याङ्तान, सुइन्जा सुनाम र शंकर कोइराला फिचर्ड छन् । सञ्जु थोकरको छायांकन रहेको भिडियोमा खड्ग मोक्तान प्रस्तुतकर्ता, जीवन लामा सह–निर्माता र आर सोनाम लामा, आरएल मोक्तान र श्यामकुमार स्याङतान निर्माता छन् । यस्तै ‘हे कान्छी’ मा श्यामकुमार स्याङ्तानका साथमा स्मृति शाहीको स्वर, श्यामकुमारकै शब्द र आर एल लामाको संगीत छ । चलचित्र विकास बोर्डका पूर्वअध्यक्ष राजकुमार राईको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा निर्देशक मदन घिमिरे, रञ्जित राना, शोभित बस्नेत, शारदा गिरी, कविता राय, अभिनेता शितल केसी, धर्मेन्द्र आचार्य, रमेश बस्नेतलगायतलाई सम्मान गरियो । ‘छुट्टिएर बस्ने कुरा’ मा एक जोडी प्रेमीको प्रेम संघर्ष देखाइएको छ भने ‘हे कान्छी’ मा वैदेशिक रोजगारीको परिस्थितिलाई प्रस्तुत गरिएको छ । https://www.youtube.com/watch?v=Px66Rzg2CHk
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  १०:१५
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार