इम्बोस्ड नम्बर प्लेट विरुद्ध युवासंघको प्रर्दशन
काठमाडौँः राष्ट्रिय युवा संघ नेपालले इम्बोस्ड नम्बर प्लेटको स्वभाविक मूल्य र सरकारको अव्यवहारिक रवैया विरुद्ध काठमाडौँमा प्रदर्शन गरेको छ ।
सवारी साधनमा साउन १ गतेबाट इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने निर्णयबाट सरकार पछि हटेको छ ।
उनीहरूले इम्बोस्ड नम्बर फिर्ता गर, वैदेशिक हस्तक्षेप बन्द गर, जनताको ढाड सेक्न पाइँदैन जस्ता नारा लगाएर विरोध गरेका थिए ।
ब्यापक आलोचना भएपछि यातायात ब्यवस्था विभागले मंगलबार विज्ञप्ति निकालेर साउन १ गतेबाटै सबै सवारी साधनमा यो नियम अनिवार्य नहुने तर २०७८ साल मंसिर १ गतेदेखि दर्ता भएका सवारीसाधनमा भने यो नियम अनिवार्य गरिने जनाएको हो ।
तर, साउन १ बाट सबै सवारीसाधनलाई अनिवार्य नगरिएपनि इम्बाेस्ड नम्बर प्लेट उपलब्ध गराउने सम्झाैता गरिएको कम्पनीसँगको सम्झाैताको बाँकी समयभित्र बाँकी सबै सवारीसाधनमा इम्बोस्ड नम्बरप्लेट जडान गरिने विभागले जनाएको छ ।
साउन १ गतेसम्ममा सबै सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्न असम्भव रहेको स्वीकार्दै विभागले तर इम्बोस्ड नम्बर प्लेट जडान गर्ने कुरा स्वेच्छिक नभइ अनिवार्य भएको बताएको छ ।
विभागले २०७८ फागुनपछि किनबेच भएका, २०७९ जेठ १ गतेपछि नवीकरण गर्ने सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरिएको र बाँकी २५ लाख सवारीसाधनमा पनि क्रमश: जडान गर्दै लैजाने जनाएको छ ।
यसका लागि आवश्यक संरचना र तयारी भइसकेकाे भन्दै विभागले अहिले २ लाख ५० हजार वटा प्लेट तयारी अवस्थामा रहेको, आवश्यक जनशक्ति पनि ब्यवस्था गरिएको, र अन्य प्राविधिक तयारी पनि सकिएको विभागको भनाइ छ ।
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९ २३:३४
प्रतिक्रिया दिनुहोस्