Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रभु बैंकका ग्राहकलाई डीआई स्किन अस्पतालमा छुट

बिहीबार, मंसिर ८, २०७९
काठमाडौँ – प्रभु बैंक लिमिटेड र डीआई स्किन हस्पिटल एण्ड रिफरल् सेन्टर् प्रा.लि. का बिच डीआई स्किन हस्पिटल एण्ड रिफरल् सेन्टर् प्रा.लि. मा आकर्षक छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । बैंकका तर्फबाट हात्तीगौंडा शाखा कार्यालय प्रमुख कृष्ण दवाडी र र अस्पतालका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ऋषि प्रसाद सापकोटाद्वारा उक्त सम्झौतामा हस्ताक्षर गरेका छन् । उक्त सम्झौता अनुसार प्रभु बैंकका सम्पूर्ण ग्राहक महानुभावहरूले डीआई स्किन हस्पिटल एण्ड रिफरल् सेन्टर् प्रा.लि.द्धारा सञ्चालित चिकित्सक परामर्श शुल्क, ओ.टि सेवा शुल्क, प्रयोगशाला सेवा शुल्क, जेनेरल मेडिसिन (मधुमेह, थाइरोड, इण्डोक्रिनोलोजि), प्लास्टिक एण्ड एस्थेटिक सर्जरीका साथै लेजर एण्ड लाइट थेरापी सेवा शुल्कमा १० प्रतिशत र डीआई स्किन हस्पिटल एण्ड रिफरल् सेन्टर् प्रालिको फार्मेसीबाट औषधी खरीद गरे बापत ५ प्रतिशत छुट प्राप्त हुने भएको छ । उक्त सम्झौता अन्तर्गत अस्पतालमा सुविधा लिन चाहने बैंकका ग्राहक महानुभावहरूले डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, क्यूआरपीओएस मेसिन प्रयोग गरी भुक्तानी उक्त अस्पतालबाट छुट प्राप्त गर्नेछन्। यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहक  लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।      
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  १५:२०
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार