हिमालयन डिष्टिलरीद्वारा समता शैक्षिक गुठीलाई पच्चीस लाख
काठमाडौँ– हिमालयन डिष्टिलरी लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत समुदायका शैक्षिक, स्वास्थ्य, खेलकुद, लैंगिक समानता, वातावरण जस्ता सामुदायिक क्षेत्रमा सहयोग पु¥याउँदै आएको छ ।
यस डिष्टिलरीले आर्थिक वर्ष २०७७।०७८ मा शिक्षा क्षेत्रका लागि छुट्याएको रकम मध्येबाट समता शैक्षिक गुठीलाई पच्चीस लाख सहयोग प्रदान गरेको छ ।
समता शैक्षिक गुठीद्वारा अधिराज्यभर ८४ वटा विद्यालयहरु संचालन गरेको छ । जसमा कक्षा १ देखि स्नातकोत्तर सम्मका शैक्षिक कार्यक्रमहरु संचालित छन् र करिव ७० हजार विद्यार्थीहरु लाभान्वित भएको दावी उक्त गुठीको रहेको छ ।
यो गुठीले प्रति विद्यार्थी मासिक एक सय मात्र शैक्षिक शुल्क लिएर समुदायका विपन्न वर्ग, दैनिक ज्यालादारीमा काम गर्ने मजदुरहरुका सन्तान, टुहुरा तथा सडक बालबालिकाहरुलाई अध्यापन गराईरहेको जानकारी गराएको छ ।
सो समता शैक्षिक गुठीलाई एक कार्यक्रम बीच हिमालयन डिष्टिलरी लिमिटेडको संचालक समितिका अध्यक्ष अखिलेश्वर प्रसाद सिंहले सम्मानित व्यक्तित्व तथा बरिष्ठ कलाकारद्वय श्री मदन कृष्ण श्रेष्ठ तथा हरिवंश आचार्यको उपस्थितिमा गुठीका संस्थापक उत्तम कुमार सन्जेल र निर्देशक श्री दिनेश सन्जेललाई पच्चीस लाख को चेक हस्तान्तरण गरे ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ १५:४५
प्रतिक्रिया दिनुहोस्