काठमाडौं महानगरका मेयर साह र लगानी बोर्डका सीईओ भट्टबीच भेटवार्ता
काठमाडौं - काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह र लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टबीच भेटवार्ता भएको छ । मंगलबार मेयर साह र लगानी बोर्डका सीईओ भट्टबीच लगानी बोर्डको कार्यालय नयाँ बानेश्वरमा भेटवार्ता भएको हो ।
उनीहरुबीच काठमाडौं उपत्यकाको फोहर व्यवस्थापनको लागि विगतमा भएका पहल र आउँदा योजनको विषयमा छलफल भएको जनाइएको छ । मेयर साहले यसअघि विभिन्न राजनीतिक दलका शीर्ष नेताहरुसँग भेटवार्ता गर्दै आइरहेका छन् ।
आफू मेयरमा निर्वाचित भएदेखि नै शाह निरन्तर फोहर व्यवस्थापनको लागि लागिरहेका छन् । लामोसमयदेखि रोकिएको काठमाडौंको फोहर आजदेखि उठाइएको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ १५:४४
प्रतिक्रिया दिनुहोस्