जहीरसँग प्रेम सम्बन्धमा छिन् सोनाक्षी, सामाजिक सञ्जालमा दोहोरी
काठमाडौं – बलिउडकी चर्चित अभिनेत्री हुन् सोनाक्षी सिन्हा । फिल्म दबंग बाट बलिउडमा प्रबेश गरेकी सोनाक्षीले हालसम्म धेरै फिल्महरुमा अभिनय गरिसकेकी छिन् ।
धेरैजसो आफ्नो नयाँ फिल्म र फोटोशुटबाट चर्चामा आउने सोनाक्षी पछिल्लो समय खासै फिल्ममा देखिएकी छैनिन् । ३५ बर्ष पुगिसकेकी सोनाक्षी अझै विवाह भएको छैन । भारतिय मिडियाका अनुसार उनी अहिले प्रेममा रहेको चर्चा हुन थालेको छ । उनी जहीर इकबालसँग प्रेमसम्बन्धका रहेको खुलेको छ ।
जुन २ मा सोनाक्षीले आफ्नो जन्मदिन मनाएकी छिन् । उनलाई जहीरले ढिलो गरी जन्मदिनको शुभकामना दिँएका छन् । उनले जन्मदिनको शुभकामना दिँदै एक भिडियो पनि शेयर गरेका छन् ।
उनले आफ्नो पोष्टमा ‘आई लभ यू’ लेख्दै प्रेमसम्बन्धको संकेत गरेका छन् । सोनाक्षीले पनि पोस्टमा प्रतिक्रिया दिँएकी छिन् । जाहिरले लेखेका छन् - 'ह्याप्पी बर्थडे सोन्ज...मलाई नमारेकोमा धन्यवाद। म तिमीलाई माया गर्छु...'= आउने दिनहरूमा यसरी नै हाँस्दै र खसी बाडिरहन पाउ । '
यसको प्रतिक्रियामा सोनाक्षीले लेखेकी छिन् - 'धन्यवाद... लभ यू... अब म तिमीलाई मार्न आउँदैछु ।' यी पोष्ट हेर्दा यी दुईको प्रेमसम्बन्ध रहेको छर्लङग हुन्छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ १०:४५
प्रतिक्रिया दिनुहोस्