अष्ट्रेलियासगँ श्रीलंका पराजित
काठमाडौँ– घरेलु टोली श्रीलंकाविरुद्धको पहिलो टी-ट्वान्टीमा अष्ट्रेलिया विजयी भएको छ ।
कोलम्बोमा मंगलबार राति अष्ट्रेलियाले श्रीलंकालाई १० विकेटले हराएको हो । श्रीलंकाले दिएको १ सय २९ रनको लक्ष्य अष्ट्रेलियाले १४ ओभरमा बिना विकेटको क्षतिमा पूरा गर्यो ।
अष्ट्रेलियाको जितमा डेभिड वार्नरले अविजित ७० रनको अर्धशतकीय इनिङ खेले ।
यस्तै कप्तान आरोन फिन्चले अविजित ६१ रन बनाए । त्यसअघि पहिले ब्याटिङ गरेको श्रीलंकाले १९ ओभर ३ बलमा अलआउट हुँदै १ सय २८ रन जोडेको थियो ।
श्रीलंकाका लागि चारिथ असलंकाले ३८ रन जोडे । यस्तै पाथुम निशंकाले ३६ तथा दनुश्का गुनाथलिकाले २६ रन जोडे।
अष्ट्रेलियाका जोश हाजलउडले ४ तथा मिचेल मार्शले ३ विकेट लिए । यस जितसँगै अष्ट्रेलियाले ३ खेलको सिरिजमा १-० को अग्रता बनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०१:०१
प्रतिक्रिया दिनुहोस्