Nic Ad Nic Ad
Nic Ad Nic Ad

अहंकारी रावणलाई श्रीरामसँग युद्ध नगर्न मन्दोदरीले यसरी सम्झाएकी थिइन्

शुक्रबार, मंसिर ९, २०७९

प्रभु श्रीराम र रावणको युद्ध हुनु अघि लंकापति रावणलाई उनका आफन्तजनले युद्ध नगर्न सम्झाएका थिए । रावणकी पत्नी मन्दोदरीले समेत माता सितालाई सम्मानपूर्वक फिर्ता गर्न आग्रह गरेकि थिइन् । तर रावणले माननेन् र युद्ध गरे ।

विशाल समुद्रमा पुल बनाएपछि प्रभु श्रीराम आफ्नो समुहसहित लंकाको समुन्द्र तटमा पुगेको खबर रावणले थाहा पाउना साथ शुरुमा उनले पत्याएनन् । यही सूचना राजमहलमा रानी मन्दोदरी जब पाइन् उनले रावणलाई सम्मानका सिता फर्काउन आग्रह गरेकि थिइन् । उनले रावणलाई भनेकि थिइन्,‘हे नाथ, कृपया रामसंग युद्ध नगर्नुहोस् । उनकै हातमा काल, कर्म र जीव सबै छन् । त्यसैले हे लंकापती श्रीरामको शरणमा जानकीलाई सुम्पिदिनुहोस् ।’

मन्दोदरीले रावणलाई राज्य पुत्रलाई सुम्पेर रघुनाथसंग याचना गरी वनमा जीवन बिताउन आग्रह गर्दै भनेकि थिइन्, ‘हे नाथ श्री रघुनाथको भजन गर्दै जीवन काटौँ यसो गरे मेरो सुहाग बनिरहने छ’ । जसै मन्दोदरीले सुहागको भिख माग्दै रावणको चरणमा झुकेकी थिइन् रावणले अहंकारमा भनेका थिए, ‘महारानी व्यर्थको चिन्ता नगर । तिमि भयभित हुनु पर्दैन । यस जगतमा मेरो बराबर अर्को कुनै योद्धा छैन । वरुण कुबेर, पवन, यमराज आदि सभी दिक्पाल तथा काललाई समेत मैले आफ्नो भुजाको बलमा पराजित गरेको छु । देवता, दानव र मनुष्य सबै मेरो वशमा छन् किन तिमि भयभीत हुन्छौ । चिन्ता नगर ।’

मन्दोदरीले अनेक तरहले सम्झाउँदा पनि रावणले उनको कुरा सुनेनन् र राजसभामा गई आफ्नो सिंहासनमा बसे । र अन्तत अभिमानमा प्रभु श्रीरामसंग युद्ध गरी पराजित हुदैँ मृत्युवरण गरे ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०७:०५
प्रतिक्रिया दिनुहोस्