Nic Ad Nic Ad
Nic Ad Nic Ad

आज पनि बजेटमाथिको मन्त्रालयगत छलफल

शुक्रबार, मंसिर ९, २०७९

काठमाडौं– प्रतिनिधिसभाको बैठकमा बजेटमाथिको मन्त्रलायगत छलफल आज पनि हुने छ । प्रतिनिधिसभा बैठक बिहान ११ बजे बस्दैछ ।

आज कृषि तथा पशुपन्छी विकास मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका लागि छुट्याइएको बजेटमाथि छलफल हुने सम्भावित कार्यसूची छ । यस्तै विभिन्न मन्त्रालयको खर्च कटौतीको प्रस्तावसमेत पेश हुने छ ।

यही जेठ १५ गते अर्थमन्त्री जनार्दन शर्माले १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट संघीय संसदमा पेश गरेका थिए । उक्त बजेटमाथि जेठ १७ गतेदेखि सैद्धान्तिक छलफल सुरु भएको थियो भने जेठ २३ गतेदेखि मन्त्रालयगत शीर्षकको बजेटमा छलफल थालिएको थियो ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०३:४९
प्रतिक्रिया दिनुहोस्