सेयर बजार सुधारबारे सुझाव दिन समिति गठन
काठमाडौँ– सरकारले सेयर बजार सुधारका लागि ४ सदस्यीय सुझाव समिति गठन गरेको छ ।
अर्थमन्त्री जनार्दन शर्माको निर्देशनमा बनाइएको समितिको संयोजकमा धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरी छन् भने सदस्यमा बोर्ड, मन्त्रालय र राष्ट्रबैंकबाट एक एकजना प्रतिनिधि रहने मन्त्रालयले जनाएको छ ।
नेपाली सेयरबजार पछिल्लो समय लगातार उच्च दरमा घटिरहेको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ १५:४५
प्रतिक्रिया दिनुहोस्