प्रजातन्त्रवादी प्राध्यापक संघको महाधिवेशन फेरि स्थगित
काठमाडौँ– प्रजातन्त्रवादी प्राध्यापक संघको पाँचौ महाधिवेशन फेरि स्थगित भएको छ । जेठ २६ र २७ गते काठमाडौँमा गर्ने गरी घोषणा गरिएको महाधिवेशन स्थगित गरिएको संघका अध्यक्ष जगत तिमल्सिनाले जानकारी दिए ।
संघभित्रको संस्थापन र असन्तुष्ट पक्षबिच सहमति भई आगामी असारभित्रमा महाधिवेशन गर्ने गरी अहिलेलाई स्थगित गरिएको उनले बताए ।
दुई पक्षबिच भएको सहमति अनुसार संशोधित विधानलाई महाधिवेशनबाट पारित गरिनेछ भने महाधिवेशन प्रतिनिधिको छानविनका लागि ५ सदस्यीय समिति गठन गरिएको छ । संघको महाधिवेशन विभिन्न कारण देखाउँदै पटक पटक स्थगित हुँदै आएको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०६:३१
प्रतिक्रिया दिनुहोस्