अमेरिकी र्यापर ट्रबलको हत्या
लसएञ्जल्स–अमेरिकी र्यापर ट्रबलको गोली हानी हत्या गरिएको छ । उनको शव लेकसेन्ट जेम्स अपार्टमेन्टमा भेटिएको छ । रकडेल काउन्टी शेरिफकी प्रवक्ता जेडीडिया केन्टीले उनको वास्तविक नाम मारियल सेमोन्टे आर रहेको खुलाउँदै ट्रबलको शव लेक सेन्ट जेम्स अपार्टमेन्टमा भेटिएको जानकारी दिइन् ।
उनका अनुसार यो घटना आइतबार ३ बजेर २० मिनेटमा भएको थियो । शेरिफले र्यापरको हत्या मामलामा ३३ वर्षका जमीचेल जोन्स नामक एक व्यक्तिको पहिचान भएको बताएकी छन् । ती व्यक्तिलाई आक्रमण र हत्याको आरोपमा वारेन्ट जारी गरिएको छ । यद्यपि उनलाई अहिलेसम्म हिरासतमा लिइएको छैन ।
शेरिफको कार्यालयले ट्रबल आफ्नो घर छेउमा रहेकी एक महिला मित्रलाई भेट्न गइरहँदा उनको बाटोमा हत्या गरिएको जनाएको छ । ‘जोन्सले ट्रबललाई त चिन्दैन थियो, तर उनको महिला मित्रलाई राम्ररी चिन्दथ्यो’, कार्यालयले भनेको छ ।
ट्रबलले सन् २०११ मा आफ्नो मिक्सटेप ‘१७ डिसेम्बर’ सार्वजनिक गरेका थिए । त्यसपछि उनले सन् २०१८ मा एक एलबम ‘एजवुड’ निकाले । जसमा कलाकार ड्रेक थिए । यसबाहेक उनले ब्र्रिंग इट बैंक, ४३१ डेज, स्कूब फ्रेशजस्ता मिक्सटेप बनाए ।
–दैनिक जागरण
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ २१:२४
प्रतिक्रिया दिनुहोस्