Nic Ad Nic Ad
Nic Ad Nic Ad

शाहरुखसँग यस कारण रिसाए शत्रुघन

बिहीबार, मंसिर ८, २०७९
मुम्बई– अभिनेता शाहरुख खानलाई बलिउडको ‘किङ खान’का रुपमा चिनिन्छ । प्रायः मानिसहरु उनको व्यवहारको तारिफ गर्छन् । तर हालैमात्र दिग्गज अभिनेता शत्रुघ्न सिन्हाले उनीमाथि गम्भीर आरोप लगाएका छन् । शत्रुघ्नले आफूले शाहरुखलाई खराब समयमा सहयोग गरेको स्मरण गर्दै शाहरुखले त्यसको बदलामा ‘धन्यवाद’ सम्म नभनेको बताएका छन् । ‘आर्यन खान लागुऔषध मामलामा फँसे । नैतिकताको आधारमा मैले शाहरुखतिर सहयोगको हात बढाएँ । तर उनले धन्यवाद समेत भनेनन्’, एक अन्तरवार्तामा सिन्हाले भनेका छन् । शत्रुघ्नका अनुसार आर्यनको लागुऔषध मामला बाहिर आएपछि जोकोही आमाबाबुलाई शाहरुखलाई सहयोग गर्नुपर्ने सोच थियो । ‘आर्यनप्रति जुन किसिमको व्यवहार भयो, त्यो देख्दा जोकोहीको मन दुखेको थियो । एक पिता हुनुको नाताले म शाहरुखको पीडा महशुस गर्न सक्थें’, शत्रुघ्नले भनेका छन्, ‘यदि आर्यनको गल्ती थियो भने उसलाई सुध्रने मौका दिनुपथ्र्यो, न कि हिरासतमा राख्ने । मलाई आर्यनलाई समर्थन र शाहरुखलाई सहयोग गर्नुपर्ने लागेको थियो । त्यही चाहना अनुसार मैले सहयोग गरेको हुँ ।’ –जीन्यूज
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  १०:४६
प्रतिक्रिया दिनुहोस्