जोनीले रेष्टुरेन्टलाई दिए ४९ लाख रुपैंयाँ टिप्स
लसएञ्जल्स– हलिउड अभिनेता जोनी डेप र उनकी पत्नी एम्बर हर्डको कानूनी झगडा हालै सकिएको छ । ६ हप्तासम्म चालेको ट्रयालमा जोनीले मुद्धा जिते । तर मुद्धा जिते पनि उनले एम्बरलाई राम्रै रकम दिनुपर्नेछ ।
यो ट्रायलपछि जोनी यूकेमा गितारिष्ट जेफ बैंकका साथ भेटिएका थिए । त्यही बेला उनी बर्मिघममा दुवैजना वाराणासी रेष्टुरेन्टमा पुगेपछि त्यहाँ रहेका अन्य ग्राहक छक्क परेका थिए । उनीहरुले भारतीय खानेकुराको स्वाद लिए र लाखौं रुपैंयाँको टिप्स पनि दिए ।
रेष्टुरेन्टका अनुसार जोनी र उनका साथीले करी खाना खाएका थिए । त्यो खाना उनलाई यति मिठो लाग्यो कि उनले ४९ लाख रुपैयाँ टिप्स नै दिए ।
रेष्टुरेन्टका अपरेसन्स निर्देशक मोहम्मद हुसेनले जोनी र उनका साथी भारतीय खानाबाट प्रफुल्लित भएको बताए । ‘हाम्रो रेष्टुरेन्टको खानेकुरासँग उनी यति खुशी भए कि उनले खाना प्याक गरेर आफ्नो होटलतिरै लगे । उनले हाम्रो टिमसँग फोटो पनि खिचाए, अंकमाल र चुम्बन गरे । उनले हामी सबैसँग कुराकानी गरे र रेष्टुरेन्टका अन्य ग्राहकसँग पनि भेटघाट गरे । उनले मेरा तीन छोरीसँग भेटे र आफ्नो फिल्मको केही संवाद पनि सुनाए’, मोहम्मदले भनेका छन् ।
–आजतक
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ १०:४६
प्रतिक्रिया दिनुहोस्