Nic Ad Nic Ad
Nic Ad Nic Ad

सर्वजितलाई मन्त्री आलेले दिए पाँच महिनाको तलब

बिहीबार, मंसिर ८, २०७९
काठमाडौं–संस्कृति तथा पर्यटन मन्त्री प्रेमबहादुर आलेले गरेको पूर्व घोषणा अनुरुप फिल्म ‘सर्वजित’लाई पाँच महिनाको तलब दिएका छन् । बिहीबार मन्त्रालयमा मन्त्री आलेले फिल्मका निर्देशक दिनेश डिसी र दलित महिला नेपालकी संस्थापक अध्यक्ष गौरा नेपालीलाई हस्तान्तरण गरेका हुन् । केही दिनअघि प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित फिल्मको मुहुर्त कार्यक्रममा मन्त्री आलेले पार्टीलाई दिने लेबी कटाएर पाँच महिनाको तलब फिल्मलाई सहयोग गर्ने घोषणा गरेका थिए । भदौदेखि छायांकन सुरु हुने फिल्ममा दलित आन्दोलनका अभियन्ता भगत सर्वजीत विश्वकर्माको जीवन देखाइनेछ । दलित महिला केन्द्रले निर्माण गर्ने फिल्मका कलाकार चाँडै सार्वजनिक गरिने निर्माण पक्षले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  १०:४५
प्रतिक्रिया दिनुहोस्