Nic Ad Nic Ad
Nic Ad Nic Ad

मिस धरानको आवेदन खुला

बिहीबार, मंसिर ८, २०७९
धरान–फेशन नगरीको रुपमा चिनिने धरानका युवतीहरुको प्रतिभा प्रष्फुटनको लागि फेशन हब नेपाल तथा ब्ल्याक पिग इन्टरटेनमेन्टको आयोजनामा सौन्दर्य प्रतियोगिता ‘मिस धरान २०२२’ आयोजना हुने भएको छ । कम्तीमा एसईई उत्तिर्ण तथा १२ कक्षा पढ्दै गरेका धरानका युवतीहरुलाई सहभागी गराइने कार्यक्रम यो वर्षदेखि धरानमा आयोजना हुदै आएको छ । ब्ल्याक पिग इन्टरटेनमेन्टका निर्देशक हरिहाङ तिगेलाका अनुसार प्रतियोगिताको लागि आवेदन खुल्ला गरिएको छ र अनलाइनसँगै एसएमएसबाट समेत आवेदन दिन सकिने छ । प्रतियोगिताको कोरियोग्राफी ‘मिस तामाङ २०१९ प्रदेश १’ विजेता तथा ‘मिस टुरिज्म क्विन वल्ड वाइड २०१९’मा ‘बेस्ट स्माइल’को टाइटल विजेता प्रोजिता लामाले गर्नेछिन् । अडिसनबाट छानिएका प्रतियोगीहरुलाई बीस दिन व्यक्तित्व विकास, फेशन, र्याम्प वर्क, सौन्दर्य, पर्यटन, इतिहास, क्याटवर्कलगायतका अन्य विभिन्न विषयहरुमा सम्बन्धित क्षेत्रका विज्ञहरुबाट प्रशिक्षण दिइने छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  १०:४५
प्रतिक्रिया दिनुहोस्