फिल्म ‘ह्रस्व दीर्घ’ मा साउथ फिल्मका सुनिल र प्रदीपसिंहपछि अलिको इन्ट्री
काठमाडौं – फिल्म ‘ह्रस्व दीर्घ’ मा एक पछि अर्का साउथ अभिनेताको इन्ट्री भइरहेको छ । अभिनेत्री नीता ढुंगाना र हरिहर अधिकारीको यस फिल्ममा साउथ फिल्म पुष्पाबाट खलनायकको रुपमा चर्चामा आएका सुनिल वर्मा र अर्का कलाकार प्रदीपसिंह रावत पछि अर्का कलाकार पनि भित्राइएको छ ।
फिल्ममा फेरि तेलेगु फिल्मका चर्चित कलाकार अलिलाई पनि अनुबन्धित गराइएको जनाइएको छ । तामिल र तेलुगु भाषाको फिल्ममा अलीको कमेडी धेरैले रुचाउने गर्छन् ।
अलीलाई फिल्ममा भित्राइएको बारे हरिहरले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् । चन्द्र पन्तले निर्देशन गर्ने यस फिल्मको अहिले स्क्रिप्टको काम भइरहेको छ । नीता र हरिहरको मूख्य अभिनय रहेको यस फिल्मको छायांकन साउनबाट शुरु गरिने बताइएको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ १०:४५
प्रतिक्रिया दिनुहोस्