नेपाल जोर्डनसँग २–० ले पराजित
काठमाडौँ– एएफसी एसियन कप छनोटको तेस्रो चरण अन्तर्गत पहिलो खेलमा नेपाल जोर्डनसँग २–० गोल अन्तरले पराजित भएको छ ।
कुवेतको जाबिर अल अहमद स्टेडियममा बुधबार राति नेपाल जोर्डनसँग पराजित भएको हो ।
पहिलो हाफमा नेपालले जोर्डनलाई गोलरहित बराबरीमा रोकेको थियो । तर,दोस्रो हाफमा नेपालले दुई गोल व्यहोर्यो ।
जोर्डनलाई जित दिलाउन अलि ओल्वन र हाम्जा अल दारदौरले एक एक गोल गरे ।
नेपालका डिफेन्डर गौतम श्रेष्ठले मिडफिल्डर मोहमद फैजललाई पेनाल्टी बक्स भित्र लडाएपछि जोर्डनले पेनाल्टीको अवसर पाएको थियो ।
तर, खेलको ६९ औं मिनेटमा ओल्वनले गोल गर्दै जोर्डनलाई सुरुआती अग्रता दिलाए ।
खेलको ८२ औं मिनेटमा हाम्जाले पेनाल्टीमा गोल गर्दै जोर्डनलाई २–० को जित दिलाए ।
यस जितसँगै जोर्डनले पहिलो खेलमा ३ अंक जोडेको छ ।
नेपालले हारबाट छनोटको सुरुआत गरेको छ ।
छनोटको समूह ए मा रहेको नेपालले अब जेठ २८ गरे घरेलु टोली कुवेत र ३१ जेठमा इन्डोनेसियासँग खेल्नेछ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०६:२८
प्रतिक्रिया दिनुहोस्