मानसिक रोगी पाउला कोएल्होले प्राप्त गरेको सफलता
कोहेल्होको मनले खाएको विषय थियो साहित्य, तर परिवार उनलाई वकिल बनाउन चाहन्थे ।
उनकी आमाले मरिहत्ते गरी उनलाई वकिलै बन्न बाध्य पारिन् । आमाको आग्रहलाई टाल्न नसकेका उनी मनै मारी कानुन पढ्न थाले । यो अप्राकृतिक परिपाटीले उनको प्राकृतिक मन विकृत हुन थाल्यो । मन बिग्रेपछि पढाइ जारी राख्न सक्ने कुरै भएन फलस्वरुप बीचैमा आमाले पढाउन खोजेको विषय–काण्ड तुहियो ।
आमाको हठको परिणाम यतिले टुङ्गिएन, अन्ततः उनी मानसिक रोगीसमेत हुन पुगे र बारम्बार अस्पतालमा जाकिन बाध्य भए । मानसिक स्वास्थ्यमा सुधार आउनासाथ उनले फेरि साहित्य लेख्न थाले । यसपालि भने उनकी आमाले छेक्ने कुरै भएन । अन्ततः उनको द अल्केमिष्ट भन्ने उपन्यास निस्क्यो र उनी एक मानसिक रोगीबाट विश्वविख्यात साहित्यकार बने ।
गज्जबको कुरा उनको पुस्तक संसारमा सबभन्दा बढी बिक्ने सूचीमा समेत प¥यो र ६ करोड पचास लाख छापियो । पछि उनलाई संयुक्त राष्ट्र संघले शान्तिदूत घोषित ग¥यो । आफ्नो सफलताको कारणतिर इङ्गित गर्दै उनले भनेका छन्— असम्भव शब्द आफ्नो जीवन कोषबाट नहट्नु नै मान्छेको सबभन्दा ठूलो कमजोरी हो ।
साभार: ‘नव सफलता शास्त्र २’ पुस्तकबाट
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ००:०१
प्रतिक्रिया दिनुहोस्