झिँगेदाउको गीतमा १५ लाख खर्च
काठमाडौं– निर्देशक ज्ञानेन्द्र देउजाको निर्देशनमा निर्माण भइरहेको फिल्म ‘झिँगेदाउ’को बाँकी एक गीत ‘ए माया तिमी बिना’को छायांकन सँगै फिल्मको सम्पूर्ण छायांकन पुरा भएको छ । कोभिड अघि नै यो एक गीतलाई थाँती राखेर अन्य सबै दृश्य छायांकन गरिएिको थियो ।
निर्देशक देउजाका अनुसार गीतबाहेक अन्य दृश्यको पोस्टप्रोडक्सन सकिएको छ । फिल्मको अन्तिम गीत ललितपुरस्थित श्रीकाली चौरमा बुधबार छायांकन गरिएको थियो । फिल्म आगामी भदौ अन्तिम साता रिलिज हुनेछ ।
गीतको कोरियोग्राफी रामजी लामिछानेले गरेका छन् । गीतमा केकी अधिकारी आँचल शर्मा, मुकुन भुषाल र कुशल विष्ट फिचर्ड छन् । गीतमा प्रविन बेडवाल र शान्ति श्री परियारको स्वर छ ।
कपनगडी सिनेमा र फिल्म क्रियु नेपालको ब्यानरमा निर्माण भएको फिल्म भीमनिधि तिवारीको कथा ‘झिँगेदाउ’मा आधारित रहेको छ । प्रदीप भारद्वाजको पटकथा तथा सम्वाद लेखेको फिल्ममा अर्जुन पोखरेलको संगीत, बिष्णु घिमिरेको छायांकन, मित्र डि गुरुङको सम्पादन छ । फिल्ममा सुलभ, समिक्षा र सुशिल निर्माताको रुपमा रहेका छन् ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ १४:२३
प्रतिक्रिया दिनुहोस्